Logo

२०८३, आश्विन १०गते


images
images

एमाले देवदहको ११ वडामा अधिवेशन सम्पन्न, यी हुन् निर्वाचित वडाध्यक्षहरू 

एमाले देवदहको ११ वडामा अधिवेशन सम्पन्न, यी हुन् निर्वाचित वडाध्यक्षहरू 

images
  • एमाले देवदहको ११  वडामा अधिवेशन सम्पन्न, यी हुन् निर्वाचित वडाध्यक्षहरू 
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशैभरीका वडाहरूमा वडा अधिबेशन सम्पन्न गरेको छ । सोही क्रममा रुपन्देहीको देवदह नगरपालिकामा पनि वार्ड अधिवेशन सम्पन्न भएको नेकपा एमाले देवदहका अध्यक्ष प्रकाश अर्यालले बताए ।

    images
    images
    images


    अध्यक्ष अर्यालका अनुसार देवदहका १२ वटा वडामध्ये ११ वडामा अधिवेशन सम्पन्न भएको छ । वडा नं. २ को अधिबेशन विशेष कारण आज हुन नसकेको र भोलि गरिने अर्यालले सेतोमसीलाई बताए । 

    images
    images
    images


    अधिवेशन सम्पन्न भएका वडामध्ये वडा नं. १ मा केशुमाया श्रेष्ठ अध्यक्ष निर्वाचित भएकी छन् ।
    त्यसैगरी वडा नं. ३ मा नवीन गैरे, ४ मा मन बहादुर चौधरी, ५ मा गणेश डुम्रे, ६ मा राजन अधिकारी, ७ मा तिल विक्रम बुढाथोकी, ८ मा दाताराम अर्याल, ९ मा जगन्नाथ अधिकारी, १० मा एक नारायण रिजाल, ११ मा जित बहादुर चौधरी र  वडा नं. १२ मा बाबुलाल यादव अध्यक्षमा निर्वाचित भएको एमाले देवदहले जनाएको छ ।

    images
    images
    images

    IMG-20211023-WA0003.jpg
    सेतोमसीसंग कुरा गर्दै वडा नं. ६ का नवनिर्वाचित अध्यक्ष राजन अधिकारीले सर्वसहमतिमा नेतृत्व चयन भएको बताए । अध्यक्षमा अन्य तीन जनाको पनि दावी रहेको तर अन्त्यमा आफ्नो नाममा सहमति भएको उनले बताए । वडा नं. ६ मा ५ पदाधिकारी सहित २७ सदस्यीय समिती गठन भएको छ । जसको उपाध्यक्षमा सीता खत्री,  सचीवमा नर बहादुर नेपाली र उप-सचीवमा विष्णु बराल र दिलमाया पुन निर्वाचित भएका छन् । 

    अन्य वडाको पदाधिकारीको सम्पुर्ण विवरण प्राप्त भैसकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।