Logo

२०८३, श्रावण ३१गते


images
images

विमान दुर्घटना अपडेट

एयर इन्डियाको विमान दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुख व्यक्त

एयर इन्डियाको विमान दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुख व्यक्त

images
  • एयर इन्डियाको विमान दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुख व्यक्त
    images
    images

    काठमाडौँ । नेपालले भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गहिरो दुख व्यक्त गरेको छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भारत सरकार र मित्रवत जनता र यस दुर्भाग्यपूर्ण घटनामा आफ्ना प्रियजन गुमाउने शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

    images
    images
    images

    मन्त्रालयले यस गहिरो दुःखको समयमा, नेपाल सरकार र जनता भारत सरकार र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    images
    images
    images

    भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिवार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । 

    विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।