Logo

२०८३, श्रावण ३१गते


images
images

विमान दुर्घटना अपडेट

एयर इन्डियाको विमान दुर्घटना : २०४ जनाको मृत्यु भएको पुष्टि

एयर इन्डियाको विमान दुर्घटना : २०४ जनाको मृत्यु भएको पुष्टि

images
  • एयर इन्डियाको विमान दुर्घटना : २०४ जनाको मृत्यु भएको पुष्टि
    images
    images

    काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

    images
    images
    images

    विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

    images
    images
    images

    प्रहरी आयुक्तले केही जीवित सक्ने बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी बताएका छन् । घाइतेमा विमानमा सवार बाहेक अन्य समेत रहेको बताइएको छ ।

    images
    images
    images

    भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिवार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । 

    विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।