Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू-१६ इस्ट जोन

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता आजदेखि : नेपालले सिंगापुरको सामना गर्दै

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता आजदेखि : नेपालले सिंगापुरको सामना गर्दै

images
  • एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता आजदेखि : नेपालले सिंगापुरको सामना गर्दै
    images
    images

    काठमाडौँ । आजदेखि एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता शुरु हुदैछ ।  २२ जुन देखि जुलाई ५ सम्म हुने एसिसिस यू-१६ इष्ट जोन प्रतियोगिता एकदिवसीय फर्म्याटमा मलेसियामा हुदैछ ।

    images
    images
    images

    नेपालले पहिलो खेल आज सिंगापुरविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल आज बिहान ७:४५ बजेदेखि शुरु हुदैछ ।  त्यस्तै आज भुटान र जापान तथा मलेसिया र हङकङ पनि खेल्दैछन् ।  

    images
    images
    images

    नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

    नेपालको लागि खेल्न विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसिया पुगेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।