काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछाएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।
नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन बनाए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६.१ ओभरमा अल आउट हुदै १३८ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए ।
त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक ४ विकेट लिएका थिए । सचिन भट्टले २ तथा अभय यादव र शुभम खनालले एक एक विकेट लिए ।
प्रतियोगिता अन्तर्गत अब नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology