Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू-१६ इस्ट जोन

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता : आज नेपालले इन्डोनेसियाको सामना गर्दै

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता : आज नेपालले इन्डोनेसियाको सामना गर्दै

images
  • एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता : आज नेपालले इन्डोनेसियाको सामना गर्दै
    images
    images

    काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध खेल्दैछ ।  समय अनुसार यो खेल आज बिहान ७: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    प्रतियोगितामा नेपाल शुरुका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ र नेपाल समुह ए मा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो ।

    images
    images
    images

    त्यस्तै इन्डोनेसियाले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

    images
    images
    images

    समुह ए मा सिंगापुरले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ  । त्यस्तै जापान र इन्डोनेसिया २-२ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् भने भुटानले खेलेका तिनै खेलमा हार बेहोरेको छ  ।   

    यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

    प्रतियोगिता अन्तर्गत अब नेपालले जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसियामा यो प्रतियोगिता खेलिरहेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।