रुपन्देहीमा कांग्रेस कार्यकर्ताविच कुटाकुट भएको छ। सभापति शेरवहादुर देउवा पक्षका कार्यकर्ताले संस्थापन इतर समूहका नेता कार्यकर्तामाथि आक्रमण गरेका हुन ।
गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रहेको रुपन्देहीमा उनी पक्षका कार्यकर्ताको आक्रमणवाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताको नाकको डाँडी भाँचिएको छ।
१४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले अग्रता लिएपछि अर्को पक्षले मतगणनास्थलमा आक्रमण गरेको थियो । आक्रमणमा ५ जना घाइते भएका छन् ।
रुपन्देही ३ (१) को मतगणनाका क्रममा मुख छोपेर आएका केही व्यक्तिहरुले पौडेल पक्षका नेता कार्यकर्तालाई कुटपिट गरेका हुन् । जारी मतगणनामा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठको प्यानलले नै अग्रता लिइरहेको थियो ।
घटनामा घाइते भएका प्रदेशसभा क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । अन्य ४ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।
चुनाव हार्ने निश्चित भएपछि गृहमन्त्रीनिकट व्यक्तिहरु भौतिक आक्रमणमा उत्रिएको आरोप पौडेल पक्षका कार्यकर्ताहरुले लगाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology