एउटा मान्छे मासुको साह्रै सौखिन थियो र ऊ हरेक शुक्रबार चिकेन् पकाएर खान्थ्यो । तर ऊ जुन गाउँमा बस्थ्यो, त्यहाँ उसका छिमेकीहरू सबै कट्टर क्याथोलिक थिए । उनीहरूलाई धर्मगुरुले शुक्रबार माछामासु नखान भनेका थिए । तर शुक्रबारका दिन सधैँ छिमेकीको घरबाट आउने चिकेनको बास्नाले उनीहरूलाई विचलित बनाउँथ्यो । आखिर यो कुरा उनीहरूले आफ्ना धर्मगुरुलाई सुनाए ।
धर्मगुरु ती मान्छेलाई भेट्न उसको घर गए र उसलाई धर्मपरिवर्तन गरेर क्याथोलिक बन्ने सल्लाह दिए। धर्मगुरु र छिमेकीहरूले सम्झाएपछि ऊ आइतबारका दिन चर्च गएर प्रार्थना गर्यो । अनि धर्मगुरुले जल छर्किएर भने- "तिमी जन्मिदाँ जे भएपनि, जस्तो भएपनि अब बिर्सिदेऊ, अब तिमी क्याथोलिक हौ ।"
त्यो मान्छेदेखि सबैजना छिमेकीहरू खुसी भए तर आउँदो शुक्रबारसम्मका लागि मात्र, किनकि शुक्रबार आउनेबित्तिकै उसको घरबाट फेरि चिकेन् को बास्ना आइरहेको थियो । छिमेकीहरूले तुरुन्त धर्मगुरुलाई बोलाए। धर्मगुरु उसको घरपछाडिबाट किचनमा प्रवेश गरे । त्यहाँ पुग्दा धर्मगुरु आश्चर्यमा परे । त्यो मान्छे गिलासमा पानी लिएर उभिएको थियो र पाक्दै गरेको चिकेनमा छर्किएर भन्दै थियो ।
"तिमी जन्मिदाँ जे भएपनि, जस्तो भएपनि अब बिर्सिदेऊ, अब तिमी रायोको साग हौ।"
लेखकको नाम थाहा नभएको यो कथा सामाजिक संजाल फेसबूकबाट साभार गरिएको हो । - सम्पादक
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology