देवदह । नेकपा (माओवादी केन्द्र) देवदहले सहमतिमा पार्टी नगर नेतृत्व अध्यक्ष चयन गरेको छ । पदाधिकारी पदका आकांक्षीहरू धेरै भएपछि स्थगित हुँदै आएको माओवादी केन्द्र देवदहको अध्यक्षमा गोविन्द ठटराईको नाममा सर्वसहमति जुटेको हो ।
अध्यक्षसंगै अन्य पदाधिकारीमा पनि सहमति भएको छ । जसअनुसार उपाध्यक्षमा केशव पुन, सुन्दरी गिरी र गणेश कुमार खाती, सचीवमा रामप्रसाद गैरे (प्रशान्त), कोषाध्यक्षमा हरिद्वार यादव र सहसचीवमा प्रेमकला ढकाल रहेका छन् ।
शुक्रवार सम्पन्न दोस्रो नगर सम्मेलनले ५९ सदस्यीय समिति चयन गरे पनि पदाधिकारीमा सहमति हुन नसक्दा सम्मेलन स्थगित हुँदै आएको थियो ।
निर्वाचित अध्यक्ष ठटराई देवदह टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology