देवदह । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शारीरिक रुपमा अशक्त एक जेष्ठ नागरिकलाई व्हिलचेयर प्रदान गरेको छ । देवदह ५ निवासी जेष्ठ नागरिक ६६ बर्षिय मुक्ति प्रसाद खरेललाई एक कार्यक्रम विच व्हिलचेयर प्रदान गरिएको हो ।
शारीरिक रुपमा अस्वस्थ भई बिगत २ महिना देखि हिड्डुल गर्न नसक्ने भएका ६६ बर्षीय खरेललाई व्हिलचेयर सहयोग गरिएको सो पार्टीका नगर अध्यक्ष गोविन्द ठटराईले बताए । "हाम्रो पार्टीका अबिभाबक तथा पार्टी सदस्य खरेललाई हिड्दुल गर्न केहि सहज होस् भन्ने हेतुले पार्टीले सम्मान स्वरुप व्हिलचेयर प्रदान गरेको हो," अध्यक्ष ठटराईले भने ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका नेताहरू लेखनाथ न्यौपाने, गोबिन्द पंगेनी, मोतिलाल ढकाल, शौरभ चापागाईं, तुलसी न्यौपाने, गोविन्द ठटराइ, केशब बहादुर पुन, सुन्दरी गिरि, प्रशान्त गैरे, प्रेमकला ढकाल, भरत खनाल, अमृत फुल्लेल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology