Logo

२०८३, श्रावण ३०गते


images
images

"राजतन्त्रको कुनै भविष्य छैन,राजाले व्यापार गरेर बसे हुन्छ"-माधव नेपाल

"राजतन्त्रको कुनै भविष्य छैन,राजाले व्यापार गरेर बसे हुन्छ"-माधव नेपाल

images
  • "राजतन्त्रको कुनै भविष्य छैन,राजाले व्यापार गरेर बसे हुन्छ"-माधव नेपाल
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी तत्वहरूले फेरि शिर उठाउने दुस्साहस गरिरहेको बताएका छन् । उनले नदिको प्रवाह अगाडि बढिसकेको भन्दै फेरि पछाडि फर्किन नसक्ने टिप्पणी गरे ।

    images
    images
    images

    नेपाली कांग्रेसको १४ औं महाधिवेशलाई सम्बोधन गर्दै नेपालले देशमा अब राजतन्त्रको कुनै भविष्य नरहेको बताए । आफूभन्दा अगाडि बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था फर्काउनुपर्ने माग गरेका थिए । त्यसमा जवाफ दिँदै नेपालले अब बंशको शासन स्वीकार्य नहुने बताए ।

    images
    images
    images

    नेपालले भने, ‘म प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु, फेरि शीर उठाउने दुस्साहस नगर्नुस् । यदि त्यस्तो भयो भने नेपाली जनता फेरि ज्वालामुखी झैं विष्फोट हुनेछन् ।’

    images
    images
    images


    नेपालले पूर्वराजालाई नयाँ पार्टी खोल्न वा व्यापार गर्न सुझाव दिए । उनले भने, ‘राजाले पनि नयाँ पार्टी खोले हुन्छ । व्यापार गरेर बसे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।