Logo

२०८३, श्रावण ३०गते


images
images

एनआरएनए महाधिवेशनले नयाँ मोड लिदै, निर्वाचन अधिकृतले दिए राजिनामा

एनआरएनए महाधिवेशनले नयाँ मोड लिदै, निर्वाचन अधिकृतले दिए राजिनामा

images
  • एनआरएनए महाधिवेशनले नयाँ मोड लिदै, निर्वाचन अधिकृतले दिए राजिनामा
    images
    images

     पोर्टमोरेस्वी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनले नंया मोड लिएको छ । महाधिवेशनमा निर्वाचन गर्ने जिम्मा लिएका प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले आफ्नो कार्यव्यस्तताको कारण देखाउदै पदबाट राजीनामा दिएका छन । 

    images
    images
    images

    निर्वाचन समितिको शुक्रबारको बैठकमा पौडेलले नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रमुख न्यायधिश चोलेन्द्र शमशेर राणा बिरुद्दको आन्दोलन चर्काउनुपर्ने र अत्यन्त व्यस्तताका कारण एनआरएनए निर्वाचन आयुक्तका रुपमा समय दिन नसकेको कारण देखाउँदै राजिनामा दिएका हुन् ।  निर्वाचन अधिकृतमा नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लिलामणी पौडेल थिए ।

    images
    images
    images

    बैठकमा सहभागी एनआरएनए अध्यक्ष कुमार पन्तले उनले दिएको राजीनामा तत्काल स्वीकृत गरी कार्यबाहक प्रमुख आयुक्तमा रामप्रताप थापालाई जिम्मेवारी प्रदान गरिएको पनि बताइएको छ ।

    images
    images
    images

    प्रमुख निर्वाचन अधिकृत पौडेलको राजीनामा दिए सँगै निर्वाचन कार्यतालिका पनि हेरफेर गरिएको छ । नयाँ कार्यतालिका अनुसार आगामी डिसेम्बर १६ तारीख १० बजे देखि १७ तारिख बिहान १० बजे सम्ममा उम्मेदवार मनोनय दर्ता गर्न विज्ञप्तीमा भनिएको छ । यसअघि शनिवार आजलाइ उम्मेदवारी दर्ता गर्ने कार्यतालिका थियो । संघको विधान अनुसार निर्वाचन हुनु भन्दा कम्तीमा ३ महिना अगावै निर्वाचन समिति गठन गरिनु पर्छ। 

    संघको निर्वाचन समितिले शुक्रवार जारी गरेको विज्ञप्तीमा मतदाता नामावली प्रकाशित गर्न प्राबिधिक रुपमा थप समय आवस्यक भएकोले उम्मेदवारी मनोनयन दर्ता कार्यक्रलाई केही पछाडी सारिएको बताइएको छ । received_689447565387550.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।