काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादमिर पुटिनसँग गर्न लागेको भेट दुई घन्टा पछि सरेको छ ।
प्रधानमन्त्रीको सचिवालयले सिखर सम्मेलन लम्बिएका कारण प्रधानमन्त्री ओली र पुटिनबीचको भेटवार्ता सरेको जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीले आजै सिखर सम्मेलनलाई सम्बोधन गरिसकेका छन् भने त्यसअघि उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथसँग भेटवार्ता गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology