काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् ।
४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् भने समर्थकहरुले निर्वाचित हुने निश्चित भएपछि पार्टी कार्यालय बाहिर विजयोत्सव सुरु गरेका छन् ।
दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा. मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology