काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार ४३९० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २८२३ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १८२४ मत ल्याएका छन् भने प्रदिप पौडेलले १३०३ मत प्राप्त गरेका छन् ।
यस्तै प्रकाशशरण महतले १४५५ र मीनेन्द्र रिजालले ७५३ मत पाएका छन् । यस्तै राजाराम कार्कीले १०० मत ल्याएका छन् ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology