Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

रुपन्देही जिल्लाभर निषेधाज्ञा

रुपन्देही जिल्लाभर निषेधाज्ञा

images
  • रुपन्देही जिल्लाभर निषेधाज्ञा
    images
    images

    बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला भर निषेधाज्ञा जारी गरेको छ ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले मंगलवार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन् ।

    images
    images
    images

    निषेधाज्ञा जारी गरिएको सुचनामा भनिएको छ-   

    images
    images
    images

    रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२४ गते विहान ९:३० बजेदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।