Logo

२०८३, श्रावण ३०गते


images
images

जीवनशैली

तीज : परम्परा अनि आधुनिकता

तीज : परम्परा अनि आधुनिकता

images
  • तीज : परम्परा अनि आधुनिकता
    images
    images

    हिन्दु नारीहरुको लोकप्रिय पर्व  हरितालिका (तीज) हाम्रो गाउँ घर अनि शहर बजारमा भित्री सकेको छ । तीज पर्वमा चेलीहरु  माइती जाने, सङ्गिसाथीहरु संग भेटघाट भई दर खाने र जम्मा भएर नाच्दै गाउँदै रमाइलो गर्ने पर्वको रुपमा मनाउने चलन छ ।

    images
    images
    images

    अलि पहिले दर भन्नाले सात्विक तरिकाले पकाएका दुग्ध जन्य परिकार खिर पनिर दही कुराउनी विभिन्न प्रकारका फलफूल  तामाको तरकारी वा अचार, आफ्नै बारिमा फलेको बोडिको तरकारी र घ्यू हालेको भात ( खाजा ) लाई बुझ्ने गरिन्थ्यो । माइतीमा गएर यि र यस्ता दर खाएर पुराना भाकामा गाइएका मिठा गीत गाएर नाच्ने गाउने रमाइलो गर्ने प्रचलन थियो ।

    images
    images
    images

    कहाँमा जान्छ्यौ रानीचरी बगाल,
    बरिलै भगवानलाई भेटन ।
    भगवानलाई भेटन के के पाहुर चाहिन्छ,
    बरिलै फूल पाती अक्षता ।।

    images
    images
    images

    यस्ता अत्यन्तै सरल र मिठासपूर्ण  गीतहरु भिरपाखा घाँस दाउरा गर्न जाने चेलीहरुले गाउने गर्थे । तिजको दिन भन्दा हप्ता दश दिन पहिले मात्रै सबै कामधन्दा सकेर साँझमा छिमेकीहरु जम्मा भएर पालै पालो एक एक दिन सबैको घरमा गीत गाउने रमाइलो गर्ने चलन थियो । चेलीहरुले आ–आफ्ना मनका बह र वेदनाहरु गीत मार्फत पोख्थे । गाउँ घरमा घटेका घटनालाई लिएर समाजमा सन्देश जाने किसिमका गीतहरु विभिन्न भाकामा मिसाएर गाइन्थे । त्यस्ता गीत सुन्दा पनि असाध्यै आनन्द आउँथ्यो । 

    तिजको खाजा मिठो पोलेका तामाले,
    नरोउ भान्जी लिन आउँला भन्थे मामाले ।
    मामा आउँछन् भनेर  चौपारीमा बसेको,
    किन आउँथे हाम्रा मामा माइजू छोडेर ।।

    यस्ता मौलिकता बोकेका यथार्थ परक गीत आजभोली लोप जस्तै भैसके । बिस्तारै पश्चिमा शैलीमा तीजको दर खाने प्रचलन शुरु भयो । दरमा मासुका विभिन्न परिकार महङ्गा रक्सी  र राजसी तामसी पकवान सहित दर खाने प्रचलन बढ्दै जान थाल्यो । पश्चिमेली शैलीमा पार्टी प्यालेस र रेष्टुराँमा दर खाने र महङ्गा गहना तथा कपडाको प्रदर्शनमा होड बाजीका कारण तीज धेरै उत्ताउलो र भड्किलो बन्दै गएको छ । जसका कारण तीजको मौलिकता हराउँदै गएको गुनासो बढ्न थालेको छ । आजकलका तिजगीत त सुनिसाध्य छैनन् । ‘राँगाले भैसिलाई  गोरुले गाईलाई बोकाले बाख्रालाई जस्तै माया गर मलाई’ । यस्ता  सुन्नै नसकिने उत्त्ताउला गीत गाउने रक्सी र मासुका भिन्न भिन्न परिकार खाएर तीज मनाउने  प्रवृत्ति बढेसंगै यसको परम्परागत मौलिकता हराउँदै गइरहेको चिन्ता बढ्न थालेको छ ।

    तीजको धार्मिक महत्व :

    हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व तीज यही बेलादेखि सुरु भएको हो भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन, तथापि  यो भारत वर्ष विशेष गरी उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि मनाईदै आएको पाइन्छ । अघिल्लो दिन राती १२ बजे सम्म  दर खाने, नाच्ने, गाउने, रमाइलो गर्ने र भोलिपल्ट तीजको दिन उपवास बसेर आफ्नो स्वास्थ्य, घरपरिवारको समृद्धि र श्रीमानको दीर्घायुको कामना गर्ने यसको परम्परा हो । रातो सारी चुरापोते लागाएर नाचगान गर्ने भएकोले तीजलाई विशेषगरी हिन्दु नारीहरुको महत्वपूर्ण चाड मानिन्छ ।

    भाद्रशुक्ल तृतीयाको दिनमा हस्त नक्षत्र र सोमवार परेमा तीजको महत्व बढी हुन्छ । यी तीन संयोगबाट जन्मिएको हुनाले त्रीज भन्ने संस्कृत शब्दबाट तीज शब्दको प्रयोग भएको पाईन्छ । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरेपनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा उल्लेख गरिएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवम् अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने प्रचलन बनेको हो । 

    तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । यो दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । घाँटीमा लगाईने पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।

    तीजको धार्मिक र ऐतिहासिक पक्षबारे थप अध्ययन गर्दा  शिवगौरी संवादसम्म पुग्नुपर्ने हुन्छ । थोरै परिश्रमले ज्यादा फल मिल्ने व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताएका थिए । जसमा माथि भनिए अनुसारका तीन संयोग भएको समयमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापबाट मुक्ति पाउने कुराको उल्लेख छ । त्यस्तो समयको व्रतलाई उत्तम कोटिको व्रत मानिन्छ र त्यस्तो संयोग यदाकदा मात्र हुन्छ । शिवजीलाई नै पतिको रूपमा प्राप्त गर्ने पार्वतीको चाहना र तपस्या विरुद्ध हिमालय पर्वतले विष्णुलाई विवाह गरिदिने कुराको विद्रोह गर्दै पार्वतीका संगीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यसलाई हरितालिका भनिएको हो । संस्कृतमा आली भनेको साथी हो र साथीहरूद्वारा हरण गरिएकी भनेर हरितालिका नाम रहन गएको हो भन्ने मान्यता पुराणहरुमा पाईन्छ  । तीजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेषगरी यो पर्वले व्रत (उपवास र उपासना तथा आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिलावर्गको अस्तित्वलाई सम्मान गरेको बुझ्न सकिन्छ ।

    यो पर्वमा द्वितीयाका दिन दर खाइन्छ । तृतियाका  दिन व्रत बस्ने र नाचगान गर्ने गरिन्छ भने ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझ्ने गर्छन् । त्यसैगरी अमलाको बोटको जराको माटो लेपन गरी स्नान गर्छन् । यो एकदमै  वैज्ञानिक छ । अमला तुलसी उँखु अपमार्ग पाती र विभिन्न किसिमका फूलहरु छुँदा मात्रै पनि हामीलाई प्राकृतिक उपचार भैरहेको हुन्छ । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । दतिवन चपाएर रस खाँदा महिलाहरुको तल्लो पेट सम्बन्धि समस्या, जुका चुर्ना परेको , बेगार परेको, दाँत गिजा सम्बन्धि समस्या, पायल्स लगायत धेरै समस्यामा फाइदा हुन्छ । तर यो अपमार्ग ३६५ वटा एकै दिन खानु बैज्ञानिक छैन । दैनिक एउटा खायौं भने यस बाट लाभ लिन सकिन्छ । एकै दिन ३६५ वटा खाँदा दाँत गिँजा र जिब्रोमा समस्या आउन सक्छ । 

    तीजको पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ गरि सप्त ऋषिहरुको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता, माया एवम् सद्भाव बढ्ने विश्वास गरिन्छ ।

    तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । यो दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । घाँटीमा लगाईने पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।

    निर्जल, निराहार उपवास बसेर गरेको व्रतको प्रभावले भगवान शिव खुसी भएर मनोबान्छित फल प्राप्त हुने विश्वास गरिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइले छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ । जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूबिचको आत्मियता र बर्षभरी मनमा भएका दुःख बेदना हलुका पार्न सहयोग गर्छ । जुन स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो मानिन्छ ।

    नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य समुदायले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समयका लागी अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता हो । 

    इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि ऋण खोजेर गहना लगाउने प्रचलन पनि पछिल्लो क्रममा बढ्दो छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ ।

    तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । पहिले महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे र मनको बह पोख्ने गर्थे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, ईष्र्या आदि विषय समावेश हुन्थे तर समयक्रमसंगै अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । पहिले चुल्हो–चौको एवम् घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे । अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । यसले नेपाली महिलाको अवस्थामा सुधार आएको समेत संकेत गर्दछ । अहिले टोलटोलमा समूह बनाएर एक महिना अघिदेखि नाचगान र खानपिनका कार्यक्रम सञ्चालन गरिन्छन् । विभिन्न संघसंस्थाले तीज गीत प्रतियोगिता पनि आयोजना गर्छन् । जसले गर्दा नारीहरूमा जागरुकता र समाजमा सचेतनाको भावना जागृत भएको छ । 

    आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी गर्ने र लठ्ठिने गरी मदिरामा डुब्ने प्रचलन बढ्दो छ । त्यसो त घरमा श्रीमतीलाई माईत पठाएर पार्टी प्यालेस र रेष्टुराँ तिर कुद्ने पुरुष पंक्ति पनि नभएको होईन । तीजका अवसर र नामको दुरुपयोग गरी  गरिने यो सबैभन्दा दुर्गन्धित पक्ष हो । 

    तीज पर्वलाई आधुनिकताको नाममा भड्किलो र असभ्य बनाउनु हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी गर्ने र लठ्ठिने गरी मदिरामा डुब्ने प्रचलन बढ्दो छ । त्यसो त घरमा श्रीमतीलाई माईत पठाएर पार्टी प्यालेस र रेष्टुराँ तिर कुद्ने पुरुष पंक्ति पनि नभएको होईन तर तीजका अवसर र नामको दुरुपयोग गरी  गरिने यो सबैभन्दा दुर्गन्धित पक्ष हो । 

    इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि ऋण खोजेर गहना लगाउने प्रचलन पनि पछिल्लो क्रममा बढ्दो छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । तीजको महत्वलाई जगेर्ना गर्न यस्ता विकृतिहरू हटाउँदै जानु आवश्यक छ । आफन्त तथा छर छिमेकमा आपसी सम्बन्धमा सुधार गरी अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएको हुँदा एकदिन भए पनि उनीहरुलाई मीठो–मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे । चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि त्यहि दिन पर्खेर बस्थे । तीजको अवसरलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौकाको रुपमा यसलाई उपयोग गर्ने गर्थे ।  

    तीजलाई नेपाली नारीहरूको विशेष पर्व भनेर मानिदै आएको भएता पनि नेपालमा नारीहरूको हक अधिकार सुनिश्चित हुन सकेको छैन । दाइजोको निहुँमा नेपाली चेलीहरूले अकालमा ज्यान गुमाउन परेको भयावह स्थिति अझैपनि यथावत नै छ । परिवार भित्रकै सदस्यहरुबाट नारीहरू सुरक्षित छैनन् । बर्षमा एक दुई दिन नारीका लागि भनेर मानिनु वास्तवमा बर्षका अरु दिन नारीका लागि होइन भनिनु जस्तै  हो । त्यसर्थ हाम्रो देशको कानुन, हाम्रो समाज र परिवारबाट नारी पुरुष बराबर भन्ने शव्दमा मात्र नभई व्यवहारतः कार्यान्वयन हुन जरुरी छ । हुँदाहुँदा अहिले त झन्डै दोस्रो विवाहको कानुन समेत बन्ने तयारीमा राज्य रहेको समाचार समेत सञ्चार माध्यममा आइरहेका छन् । यस्तो कानुन कदापि स्विकार्य हुनेछैन । नारीहरु अब अझै सचेत हुन जरुरी छ । त्यसैले परम्पराकालदेखि महिलाको आवाज परिवार र समाजलाई सुनाउन प्रयोग हुने तीज अव भड्कीलो अनि विकृत होईन यो महिला अधिकार आत्मसम्मान र निर्भिकताका साथ समाजमा सह अस्तित्व खोज्ने माध्यमको रुपमा परिस्कृत हुनुपर्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।