देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिकले शुक्रवार विद्यालयमा विजया दशमी (दशैँ) विशेष कार्यक्रम गरेको छ । विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार मौलिक चाडपर्व र संस्कृतिलाई विद्यार्थीसामु परिचित बनाउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा आयोजित कार्यक्रम पूर्व प्रा.वि, नर्सरी, यु.के.जी, एलकेजी र प्रा. वि तर्फ कक्षा १, २ र ३ का विद्यार्थीहरु सहभागी थिए ।
सोहि अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले साँस्कृतिक विशेष कार्यक्रमहरूले विद्यार्थीको बाल मस्तिष्कमा आफ्नो रीतिरिवाज चाडपर्व र संस्कृतिप्रति गहिरो प्रभाव पार्ने उल्लेख गरे । प्रिन्सिपल गैरेले दसैँ तथा नजिकिएका अन्य पर्वहरुले सवै नेपालीहरुमा सुख, शान्ति, संमृद्धिका साथै भाइचाराको सम्बन्ध प्रगाढ बनाउन सकोस भन्ने कामना गरे । उनले भने, ‘चाडपर्वले हाम्रा रहनसहन र रितिरिवाजसँगै भातृत्व र भाइचाराको सम्बन्ध विस्तार गर्ने गर्दछ । त्यसैले यि पर्वहरु हाम्रा मौलिक संस्कृति हुन् ।’
उक्त अवसरमा कक्षा नर्सरीदेखी कक्षा ३ सम्मका स-साना विद्यार्थीहरुले वडा दशैँ तथा माता दुर्गाको बारेमा आफ्नो वक्तृता समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व प्रा.वि इन्चार्ज मनमाया रुचाल र प्रा.वि १, २ र ३ का इन्चार्ज अस्मिता गुरुङ्गले विजय र परिवर्तनको प्रतिक रातो टीका, नेपाली धार्मिक आस्था एवम् साँस्कृतिक एकतालाई प्रतिबिम्बित गराउने जमरा सहित शुभकामना कार्ड, दक्षिणा फलफूल र मिठाइको साथमा विद्यार्थीहरुलाई शुभ-आशिर्वाद प्रदान गरेका थिए ।

कार्यक्रममा, विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, कक्षा ११ र १२ का इन्चार्ज अनन्तराम भण्डारी, प्रा.वि इन्चार्ज अञ्जना वली लगाएत तहगत शिक्षक, शिक्षिकाको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology