Logo

२०८३, श्रावण ३०गते


images
images

'गुरुयोजना विपरित काम भएकाे छैन : लुम्बिनी विकास कोष

'गुरुयोजना विपरित काम भएकाे छैन : लुम्बिनी विकास कोष

images
  • 'गुरुयोजना विपरित काम भएकाे छैन : लुम्बिनी विकास कोष
    images
    images

    काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले गुरुयोजना विपरित लुम्बिनीमा रिसोर्ट खोल्न अनुमति दिने निर्णय गरेको भन्दै आएका समाचारप्रति लुम्बिनी विकास कोषले असहमति जनाएको छ ।

    images
    images
    images


    कोषका सदस्यसचिव सानुराजा शाक्यले एक विज्ञप्ती जारी गर्दै गुरुयोजना विपरित कुनै पनि निर्णय नभएको बताएका छन् ।

    images
    images
    images


    गुरुयोजनाभित्र पर्यटकको सुविधाका लागि क्याम्पेन ग्राउण्ड निर्माण र सञ्चालनका लागि सम्सरा वेलनेस रिसोर्टको तर्फबाट आएको प्रस्तावलाई स्वीकृतिका लागि पेश गर्न दिने सैद्धान्तिक निर्णय मात्रै भएको कोषले जनाएको छ ।

    images
    images
    images

     

    पछिल्लो समय जनप्रिय कदमका कारण लोकप्रिय भएका मन्त्री आलेलाई बदनाम गर्ने उद्देश्यले लुम्बिनीसँग जोडेर समाचार प्रकाशन गरेको भन्दै कोषले दुःख व्यक्त समेत गरेको छ ।


    कोषका अध्यक्ष समेत रहेका मन्त्री आले र उपाध्यक्ष भिक्षु मैत्तयबीच सम्बन्ध विग्रिएको भन्दै भ्रम छर्ने काम भएको उल्लेख गर्दै कोषले भिक्षु नियमित कार्यतालिका अनुसार क्यानडा गएको जनाएको छ ।


    कोषले भनेको छ, ‘भिक्षु मैत्तय नियमित प्रत्येक वर्ष क्यानडामा डिसेम्बरदेखि दुई महिने धर्म प्रचार तथा ध्यान सिकाउन कार्यतालिका अनुसार मन्त्रीको स्वीकृतिमा नै उहाँ क्यानडा जानुभएको जानकारी गराउन चाहान्छु ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।