Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तराष्ट्रिय

भियतनाममा भिषण वर्षापछि बाढी : ४१ जनाको मृत्यु

भियतनाममा भिषण वर्षापछि बाढी : ४१ जनाको मृत्यु

images
  • भियतनाममा भिषण वर्षापछि बाढी : ४१ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भियतनाममा अविरल वर्षाका कारण बाढी आउदा ४१ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    भियतनामी राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार, मध्य भियतनाममा अविरल वर्षा र बाढीले गत हप्तामा कम्तिमा ४१ जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता छन् ।

    images
    images
    images

    रिपोर्टका अनुसार, बाढीले ५२ हजारभन्दा बढी घरहरू डुबानमा पारेको छ र आधा लाख घर र पसलहरू बिजुलीविहीन बनाएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

    images
    images
    images

    विगत तीन दिनमा, धेरै क्षेत्रमा डेढ मिटरभन्दा बढी वर्षा भएको छ । भियतनामले हालैका महिनाहरूमा गम्भीर मौसमको अनुभव गरेको छ । कालमेगी र बुआलोई आँधीले पनि उल्लेखनीय विनाश गरेको छ ।

    सरकारी अनुमानका अनुसार, जनवरी र अक्टोबरको बीचमा भियतनाममा प्राकृतिक प्रकोपले २ अर्ब डलरको क्षति पुर्‍याएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।