Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाली काङ्ग्रेस देवदहको विस्तारित बैठक सम्पन्न, मंसिर २९ भित्र क्रियाशील सदस्यता नवीकरण गरिने

नेपाली काङ्ग्रेस देवदहको विस्तारित बैठक सम्पन्न, मंसिर २९ भित्र क्रियाशील सदस्यता नवीकरण गरिने

images
  • नेपाली काङ्ग्रेस देवदहको विस्तारित बैठक सम्पन्न, मंसिर २९ भित्र क्रियाशील सदस्यता नवीकरण गरिने
    images
    images

    देवदह । नेपाली काङ्ग्रेस देवदहको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले मंसिर २९ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरी विवरण क्षेत्रमा पठाउने निर्णय गरेको नगर सभापति गुनाखर भुर्तेलले जानकारी दिए । 

    images
    images
    images

    'बैठकमा पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र वर्तमान राजनीतिक अवस्थाबारे खुलेर छलफल गरिएको छ ।' सभापति भुर्तेलले सेतोमसीसंग भने, 'क्रियाशील सदस्यको संख्या वृद्धि गर्ने र पार्टीलाई थप व्यवस्थित गर्ने कार्यमा सिंगो नगर पार्टी परिचालन हुनेछ ।'

    images
    images
    images

    बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले वर्तमान राजनीतिक परिस्थितिलाई सम्हाल्दै राजनीतिक निकास दिने पार्टी नेपाली कांग्रेस भएको बताएको जनाइएको छ । बैठकमा बोल्दै पार्टी जिल्ला सहसचिव बासुदेव रिमालले प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस भएका नेताबारे अनावश्यक टीका-टिप्पणी नगर्न आग्रह गरे । 

    images
    images
    images

    बैठकमा पार्टीका क्षेत्रीय सभापति हिराबहादुर खत्री, केन्द्रीय सदस्य गंगा शाही, महासमिति सदस्य मणिप्रसाद शर्मा, सरीता चौधरी लगायतले बोलेका थिए । 

    नेपाली कांग्रेस देवदहमा यसअघि एक हजार ७०८ जना क्रियाशील सदस्य रहेकोमा उक्त संख्या बढाएर दुई हजार २०० पुर्याउने लक्ष्य लिइएको पार्टीले जनाएको छ ।

    केही दिनअघि बसेको पार्टीको प्रतिनिधी सभा क्षेत्रीय समिति बैठकले आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वचानको लागि उम्मेदवार सिफारिस गरेको थियो  । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली काङ्ग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।