Logo

२०८३, श्रावण ३०गते


images
images

गुल्मीको संघीय निर्वाचन क्षेत्र : एकमा ढकाल र दुईमा महत सभापतिमा निर्वाचित

गुल्मीको संघीय निर्वाचन क्षेत्र : एकमा ढकाल र दुईमा महत सभापतिमा निर्वाचित

images
  • गुल्मीको संघीय निर्वाचन क्षेत्र : एकमा  ढकाल र दुईमा महत सभापतिमा निर्वाचित
    images
    images

    गुल्मी। गुल्मीको दुवै निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसको क्षेत्रीय कार्यसमिति चयन भएको छ । जिल्लाकाे क्षेत्र नम्बर १ मा निर्वाचन मार्फत सभापतिमा पारिश्वर ढकाल निर्वाचित भए ।

    images
    images
    images

    कुल खसेको ९ सय ३२ मतमा ६ सय २७ मत प्राप्त गरेर उनी सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्वन्द्वी मुक्ति कंडेलले जम्मा २ सय ६५ मत प्राप्त गरेका छन् । साथै सचिवमा ४ सय ६१ मत प्राप्त गरेर माधव प्रसाद ढकाल र मार्काण्ड भण्डारीले ४ सय २३ मत प्राप्त गरेर निर्वाचित भए ।

    images
    images
    images

    उनीहरुका प्रतिद्वन्द्वी घनश्याम न्याैपानेले ४ सय १३ र कमल भुसालले २ सय ८९ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ कै सह-सचिवमा मधुसुदन ज्ञवालीले ४ सय ४९ र डिल्लीराज पाण्डेले ३ सय ९० मत प्राप्त गरेर निर्वाचित भए । त्यस्तै उनीहरुका प्रतिद्वन्द्वी निलम हमालले ३ सय १७, पुण्यप्रसाद सुवेदीले २ सय ४५ र रामचन्द्र ज्ञवालीले १ सय ९० मत प्राप्त गरेका थिए । त्यस्तै गुल्मीकै क्षेत्र नम्बर २ काे क्षेत्रीय सभापतिमा चन्द्र बहादुर महत सर्वसम्मत निर्वाचित भएका छन् ।

    images
    images
    images

    त्यस्तै निर्वाचन मार्फत सचिवमा लालमणी भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन् । भण्डारीले ४ सय ५८ र बस्नेतले २ सय ९३ मत प्राप्त गरेको निर्वाचन समितिका संयाेजक भिम न्याैपानेले जानकारी दिए । उनीहरुका प्रतिद्वन्द्वी रेशम कुँवरले २ सय ९१ र भिम बहादुर पाण्डेले २ सय ८५ मत प्राप्त गरेका छन् ।

    त्यस्तै सह-सचिवमा कृष्ण प्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै खुल्ला सदस्यमा कमल कुँवर, रामप्रसाद घिमिरे र बिष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् । उनीहरुलेका प्रतिद्वन्द्वी मधुप्रसाद आचार्य र कृष्ण प्रसाद गाैतम झिनो मत अन्तरले पराजित भएका छन् । क्षेत्रीय उपसभापतिमा भने प्रदेश सभाका दुई / दुई जना सभापति हुने व्यवस्था रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली काङ्ग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।