Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क पुर्याइयो

मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क पुर्याइयो

images
  • मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क पुर्याइयो
    images
    images

    काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्क पुर्याइएको छ । अमेरिकी मिडियाहरुले मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको मानहटनमा ल्याएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    मादुरोले अब अमेरिकामा कानुनी कारबाही र सोधपुछको सामना गर्नुपर्नेछ । मादुरोले अमेरिकी प्रशासनको लागूपदार्थ तस्करी र संगठित अपराधसँग सम्बन्धित गम्भीर आरोपहरूको सामना गरिरहेको बताएको छ ।    

    images
    images
    images

    हेलिकप्टरमा न्यूयोर्कको मानहटन ल्याउनुअघि मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको स्टीवर्ट एयर नेशनल गार्ड बेसमा विमानबाट ओरालिएको थियो ।

    images
    images
    images

    अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रणालीमा उनीहरूको जानकारी प्रविष्ट गर्नुअघि दम्पतीको बायोमेट्रिक्स, औंठाछाप र तस्बिरहरू लिइएको थियो ।

    शनिबार अमेरिकाले गरेको अप्रेशनमा मादुरोलाई उनको निवासबाटै आफ्नो कब्जामा लिएको अमेरिकी डेल्टा फोर्सले उनलाई न्यूयोर्कस्थित म्यानहट्टन संघीय अदालतमा पेश गर्ने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मादुरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।