Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मादुरोलाई पक्राउ गरिएकोप्रति न्यूयोर्कका मेयर ममदानीको विरोध

मादुरोलाई पक्राउ गरिएकोप्रति न्यूयोर्कका मेयर ममदानीको विरोध

images
  • मादुरोलाई पक्राउ गरिएकोप्रति न्यूयोर्कका मेयर ममदानीको विरोध
    images
    images

    काठमाडौँ । अमेरिकाको न्यूयोर्कका मेयर जोहरान ममदानीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरिएको घटना 'युद्धको कार्य' र 'संघीय र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन' भएको बताएका छन् ।

    images
    images
    images

    मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कमा कैद गर्ने योजनाको बारेमा आफुलाई जानकारी दिइएको बताउदै ममदानीले यस घटनामा आफ्नो धारणा स्पष्ट गरेका हुन् ।

    images
    images
    images

    मेयर ममदानीले भनेका छन्- 'शासन परिवर्तनको यो स्पष्ट प्रयासले न्यूयोर्कका मानिसहरू र शहरमा बस्ने भेनेजुएलाका मानिसहरूलाई प्रत्यक्ष असर गर्नेछ । मेरो प्राथमिकता उनीहरूको सुरक्षा र प्रत्येक न्यूयोर्कवासीको सुरक्षा हो । मेरो प्रशासनले परिस्थितिको निगरानी गर्न र आवश्यकता अनुसार निर्देशन जारी गर्न जारी राख्नेछ ।'

    images
    images
    images

    भेनेजुएलाको राजधानी काराकसमा शनिबार बिहान भएको विस्फोटपछि, अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क ल्याएको छ । उनलाई लागूऔषध तस्करी र अमेरिकी जनतालाई हानि पुर्याएको आरोपमा अमेरिकामा मुद्धा लगाइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मादुरो
  • # ममदानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।