Logo

२०८३, श्रावण ३०गते


images
images

बन्दकाे देशव्यापी प्रभाव : सवारीसाधन ठप्प, शैक्षिक संस्था र पनि पसल खुलेनन्

बन्दकाे देशव्यापी प्रभाव : सवारीसाधन ठप्प, शैक्षिक संस्था र पनि पसल खुलेनन्

images
  • सेतोमसी सहकर्मी
  • बन्दकाे देशव्यापी प्रभाव : सवारीसाधन ठप्प, शैक्षिक संस्था र पनि पसल खुलेनन्
    images
    images

    सुमन गाहा, बुटवल । विभिन्न दलहरूकाे आह्वानमा भएकाे बन्दले देशभरीको जनजीवन प्रभावित बनेकाे छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा गरिएकाे बन्द आह्वानले सवारीसाधन संचालन हुन सकेका छैनन् भने अधिकांश शैक्षिक संस्था समेत प्रभावित भएका छन ।

    images
    images
    images


    विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वान गरेको हाे । एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हाे । उनीहरूले राष्ट्रघाती संम्झाैता कुनैपनि हालतमा नेपालबाट फिर्ता हुनुपर्ने अडान लिएका छन् ।

    images
    images
    images

    बन्दका कारण लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । सार्वजानिक सवारी नचलेपछी यात्रुवर्ग प्रभावित भएका छन् । बजारका भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय जिल्ला भित्र सीमित मात्रामा मोटरसाइकल चलेका छन्। 

    images
    images
    images

    विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वानकाे प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ ।

    बजारका चोकचोकम बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालित भएका छन्। भौतिक आक्रमण, तोडफोड वा आगजनीका जस्ता अप्रिय घटना नहुन् भनेर प्रहरी परिचान गरिएकोे प्रहरी कार्यालयले जनाएको छ ।

    बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द साझ ५ बजेसम्म हुने बन्दकर्ताले जनाएका छन् । बन्द सफल बनाउन साे पार्टीका कार्यकर्ताले मंगलबार साँझ विभिन्न स्थानमा मसाल जुलुस समेत गरेका थिए ।

    बन्दले यात्रुले सास्ती बेहाेर्नु परेकाे छ । आफ्नाे गन्तव्यमा जाने यात्रुहरूले सवारीसधान नचल्दा सास्ती बेहाेर्नु परेकाे हाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल बन्द
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।