Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल बन्द बारे

नेपाल बन्द बारे

images
  • सेतोमसी सहकर्मी
  • नेपाल बन्द बारे
    images
    images

    कुनै पनि बन्द वा आन्दोलनहरु गर्नै नपरे राम्रो हो । तर कसैले पनि रहरले वा मजाकले आन्दोलन गर्दैनन् । आन्दोलन निरपेक्ष हुदैन, सापेक्ष हुन्छ /हुनुपर्छ ।
     
    आन्दोलनले केही लक्ष्य लिएको / राखेको हुन्छ । केही दिन अघि नेकपा लगायत ४ दलले आयोजना गरेको बन्द / आमहडतालको सम्बन्धमा धेरै टीका टिप्पणी उठेका छन् । ती बिषयमा त सम्बन्धित पार्टीहरुले नै स्पष्टीकरण देलान् / दिनुपर्छ ।
     
    तर हामी सचेत नागरिकहरुको पनि केही न केही भुमिका रहन्छ । हामीले बन्दको बिरोध गरिरहदा यो बन्द वा आमहडताल किन गर्नु पर्यो त ? किन आमहडताल आह्वान गरिए भन्ने कुराको समिक्षा गर्नु जरुरी छ । आमहडतालको बिरुद्ध बोलिरहदा हामीले पनि जवाफ दिनुपर्छ बन्दकर्ताले उठाएका कुन माग ठिक छन ? कुन बेठीक छन ? के आज विप्लव नेतृत्वको नेकपाले उठाएका माग बेठीक छन त ? के उसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिसँग गरेको ३ बुँदे सम्झौता पालन गर भन्नु बेठीक छ ? उक्त सम्झौता अनुसारका सर्तहरु पालन गर । आफ्ना बन्दी कार्यकर्ता रिहाई गर भन्नु बेठीक छ ? 

    images
    images
    images

    विप्लव लगायतका नेतालाई सम्झौता विपरीत पक्राउ पुर्जी जारी गरिएकोमा  त्यो फिर्ता लेउ भन्नु बेठीक छ ? राष्ट्रघाती एमसीसी तथा एसपीपी सम्झौता खारेज गर भन्नु बेठीक छ ? बढदो महङ्गी नियन्त्रण गर भन्नु बेठीक छ ? महिला हत्याहिंसा बन्द गर भन्नु बेठीक छ ? नागरिकता विधेयकमा राष्ट्रघात गरिएको छ, भोलि यसले गम्भीर समस्या पार्न सक्छ भन्नु बेठीक छ ? यो निर्वाचन सिस्टम फेर्नु पर्छ भन्नु बेठीक छ ? सबैले शान्तिपूर्ण वातावरणमा निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्नु बेठीक छ ? युवाहरुलाई रोजगारीको व्यवस्था गर भन्नु बेठीक छ ? 

    images
    images
    images

    आदरणिय बौद्धिक मित्रहरु ! माथि उल्लेखित मागहरु बेठीक छन त ? छातीमा हात  राखेर सोचौं त ! बेठीक छन् भने बेठीक छन भनौं, होइन ठिक छन भने त्यो पुरा गर्ने दायित्व राज्यको हो कि होइन ? सरकारको हो कि होइन ? यदि राज्यको हो भने उसले पुरा गर्नु पर्छ कि पर्दैन ?  के सरकारले पुरा गरेको छ ?

    images
    images
    images

    सरकारलाई यी जायज मागहरु पुरा गर भनेर तपाईहरुले कति बोल्नु भयो ? कति लेख्नु भयो ? होइन सरकारलाई केही भन्नु भएको छैन भने त्यो सचेत नागरिकको तर्फबाट तपाईंले भन्नु पर्ने कि नपर्ने ?
         
    आम नागरिकहरु / राजनीतिक दलहरु आफ्ना जायज मागहरुलाई राज्यले पूरा गरेन, सुनेन, वास्ता गरेन भने जाने ठाउँ कहाँ त ? सडक हो कि होइन ? केही 'भ्रष्ट दलाल' हरुले जे गरे पनि जनताले स्वीकार गर्नुपर्छ भन्ने हुन्छ र ?
        
    हिजो प्रजातन्त्र प्राप्तिका लागि वि. सं. २००४-६ तिर नेपाली काङ्ग्रेसले आन्दोलन गर्नु बेठीक थियो ? के तत्कालीन माले (हालको एमाले) ले झापा बिद्रोह गर्नु आन्दोलन गर्नु बेठीक थियोे ? के तत्कालीन नेकपा माओवादीले जनयुद्ध गर्नु बेठीक थियोे ? के ०६२/०६३ को आन्दोलन गर्नु बेठीक थियो ?
         
    त्यसकारण आन्दोलन, आमहडताल, बन्द आदिलाई बेठीक मात्र मान्न सकिदैन । उनीहरुका जायज मागहरुलाई पुरा गराउन राज्यलाई दबाब दिन सक्नुपर्छ । कसको कारण आमहडताल हुन पुग्यो भन्ने कुरामा बौद्धिक वर्ग भन्नेहरुले हेक्का राख्नुपर्छ ।

     कोही कसैले केही काम नपाएर सडकमा आएका हुन भन्ने खालको मुर्ख सोंच राख्नु अज्ञानता बाहेक अरु केही पनि हुदै होइन । 

    (लेखक जनपत्रकार संगठन रुपन्देहीका सदस्य हुन )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल बन्द
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।