Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा देवदहमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा देवदहमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

images
  • लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा देवदहमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सेजले स्नातकोत्तर तह अध्ययनका लागि भर्ना भएका विद्यार्थी लक्षित अभिमुखीकरण कार्यक्रम गरेको छ । बुधबार देवदहमा रहेको डिन कार्यालयले कार्यक्रम गर्दै देवदहमा पहिलो पटक २ वटा विषयमा स्नातकोत्तर तहको पढाइ सुरु गर्न लागेको जनाएको हो ।

    images
    images
    images

    20220309_154838-min.jpg
    कार्यक्रममा बोल्दै विश्वविद्यालयका उप-कुलपति हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले सम्बन्धित विषयमा विज्ञ उत्पादन गर्ने उदेश्य सहित देवदहमा स्नातकोत्तर तहमा एग्रो फरेस्ट्री र डेभलपमेन्ट स्टडि विषयमा अध्यापन सुरू गर्न लागेको बताए । स्थानीय, प्रदेश र संघीय सरकारलाई नै दिशानिर्देश गर्न सक्ने उत्कृष्ट विद्यार्थी उत्पादनमा विश्वविद्यालयले जोड दिने उनको भनाइ थियो ।

    images
    images
    images


    कार्यक्रममा विश्वविद्यालयका डिन उकेशराज भुजुले स्नातकोत्तर तहमा पढाइ हुने विषयमा प्रकाश पारेका थिए । 

    images
    images
    images


    त्यसैगरी विश्वविद्यालयका अन्तर्राष्ट्रिय संयोजक डा. सन्जिव हुमागाइले विश्वविद्यालयले अनुसन्धान गर्ने, लेख्ने र राज्यका नीतिनिर्माताहरूलाई नै सल्लाह दिन सक्ने विशेषज्ञ उत्पादन गर्ने लक्ष्य राखेको बताएका थिए । 

    विश्वविद्यालयका अनुसार २० जनाको कोटा रहेको कक्षामा हालसम्म १३ जना विद्यार्थी भर्ना भएका छन् भने चैत १ गतेबाट कक्षा सुरुहुनेछ । अहिलेपनि विद्यार्थी भर्ना प्रक्रिया जारी रहेको डिन भुजुले बताएका छन् ।

    कार्यक्रममा स्थानीय भर्ना भएका विद्यार्थी, इच्छुक विद्यार्थी तथा संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।