Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

खामेनीको मृत्युपछि इरानको सर्वोच्च नेतामा उनका छोरा मुज्तबाको चर्चा

खामेनीको मृत्युपछि इरानको सर्वोच्च नेतामा उनका छोरा मुज्तबाको चर्चा

images
  • खामेनीको मृत्युपछि इरानको सर्वोच्च नेतामा उनका छोरा मुज्तबाको चर्चा
    images
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको खबर सार्वजनिक भएपछि उनका छोरा मुज्तबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा अघि आउने सम्भावना बढेको चर्चा गरिएको छ ।

    images
    images
    images

    खामेनीले सन् २०२४ मै आफ्ना दोस्रो छोरा मुज्तबालाई उत्तराधिकारी बनाउने तयारी गरेका थिए । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनले यस्तो निर्णय लिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने सार्वजनिक गरिएको थिएन ।

    images
    images
    images

    रिपोर्टहरूका अनुसार इरानको विशेषज्ञ सभा नामक निकायले सन् २०२४ सेप्टेम्बर २६ मै नयाँ सर्वोच्च नेताको छनोट प्रक्रिया पूरा गरेको थियो । खामेनेईले सभाका करिब ६० सदस्यलाई बोलाएर गोप्य रूपमा उत्तराधिकारीबारे निर्णय लिन निर्देशन दिएका थिए । त्यसपछि सभाले सर्वसम्मत रूपमा मुज्तबा खामेनीको नाममा सहमति जनाएको बताइएको छ ।

    images
    images
    images

    हाल खामेनीको मृत्यु सम्बन्धी समाचार बाहिरिएसँगै मुज्तबा खामेनी इरानको आगामी सर्वोच्च नेताका मुख्य दाबेदारका रूपमा हेरिन थालेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खामेनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।