देवदह । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदह ८ विस्तारित भेला भब्य रुपमा सम्पन्न भएको छ । भेलाले देवदह ८ मा ६ वटा टोल कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ।
जस अन्तर्गत लांघाली (तेस्रो) टोलको संयोजकमा रबिन खड्का, सह-संयोजकमा राजु राना, देउराली टोलको संयोजकमा थम बहादुर वली, सह-संयोजकमा नारायण अर्याल, तल्लो देउराली तोलाको संयोजकमा हरिश्चन्द्र न्यौपाने, सह-संयोजकमा छविराम चौहान, बंगाली टोलको संयोजकमा कविराम नेपाली, सह-संयोजकमा सुक बहादुर नेपाली, प्रेम टोलको संयोजकमा गौतम श्रेष्ठ र प्रगति टोलको संयोजकमा बल बहादुर विकलाई चयन गरिएको छ।
भेलामा माओवादी नगर इन्चार्ज मोतिलाल ढकाल, नगर अध्यक्ष गोविन्द बहादुर ठटराई, गणेश खाती,केशब पुन,धन बहादुर लोहार ,भूमि सरा राना, राजु राना लगायतले बोलेका थिए।
माओवादी केन्द्र देवदह ८ का अध्यक्ष चित्र बिर थापाको अध्यक्षता र गोबिन्द बहादुर खत्रीको संचालनमा बेला सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology