Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

केन्यामा भिषण बाढी : अहिलेसम्म ६६ जनाको मृत्यु

केन्यामा भिषण बाढी : अहिलेसम्म ६६ जनाको मृत्यु

images
  • केन्यामा भिषण बाढी : अहिलेसम्म ६६ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अफ्रिकी देश केन्यामा भारी वर्षापछि आएको बाढीले स्थिति झनै खराब बनाएको छ । एक सातामा केन्यामा बाढीबाट मृत्यु हुनेको संख्या ६६  पुगेको छ ।

    images
    images
    images

    निरन्तरको वर्षाले नदीहरूमा पानीको बहाव बढेको छ, धेरै घरहरू डुबानमा परेका छन् र सडक, बिजुली र पानीको लाइनमा क्षति पुगेको छ। धेरै पुलहरू भत्किएका छन्, धेरै सडकहरू बन्द भएका छन् र धेरै विद्यालयहरू डुबानमा परेका छन् ।

    images
    images
    images

    सरकारले देशका धेरै भागहरूमा अझै पनि भारी वर्षा जारी रहेको चेतावनी दिएको छ । तल्लो क्षेत्रका मानिसहरूलाई अन्यत्र जान सल्लाह दिइएको छ । अहिलेसम्म २,००० भन्दा बढी मानिसहरू आफ्नो घर छोडेर आश्रय लिन बाध्य भएका छन् । प्रहरी र राहत टोलीहरूले निरन्तर खोजी र उद्धार कार्यहरू सञ्चालन गरिरहेको जनाएको छ । 

    images
    images
    images

    राष्ट्रपति विलियम रुटोले प्रभावित मानिसहरूलाई खाना र चिकित्सा सहायता प्रदान भइरहेको बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केन्या
  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।