Logo

२०८३, श्रावण २७गते


images
images

चट्याङ लागेर एक मृत्यु दुई घाइते

चट्याङ लागेर पाल्पामा एकको मृत्यु दुई घाइते

चट्याङ लागेर पाल्पामा एकको मृत्यु दुई घाइते

images
  • सेतोमसी सहकर्मी
  • चट्याङ लागेर पाल्पामा एकको मृत्यु दुई घाइते
    images
    images

    पाल्पा , सुमन गाहा 
    पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुइ जना घाईते भएका छन् ।
    तिनाउँ गाउँपालिका १ कचलका कर्ण बहादुर उचाईको घरमा गएराती परेको चट्याङमा स्स्थानीय १६ वर्षिय प्रेम बहादुर बगालेको मृत्यु भएको हो ।
    चट्याङपछी  घाइते भएका बगालेलाई उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय,पाल्पाले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार चट्याङबाट १५ वर्षिया ईन्दिरा उचाई र रैनादेबी छहरा ४ घर भई तिनाउँ १ बस्ने १९ बर्षिय रामु गाहा घाईते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    नेपालमा चट्याङबाट बर्सेनि सयभन्दा बढी मर्ने गरेको विपद व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङबाट कसरी सजग रहने भन्ने विषयमा भने कसैको ध्यान पुगेको देखिँदैन । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपानेका अनुसार चट्याङका कारण गत वर्षमात्रै एक सय पाँच जनाको मृत्यु भयो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।