Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले पुष्टि गर्यो : महासचिव पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले पुष्टि गर्यो : महासचिव पोखरेल

images
  • कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले पुष्टि गर्यो : महासचिव पोखरेल
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन् । 

    images
    images
    images

    पोखरेलले कार्की आयोग र आम निर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको बताउदै आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् ।  

    images
    images
    images

    उनले निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको बताउदै अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको उल्लेख गर्दै अबको बाटो सजिलो नहुने, राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको बताएका छन् ।

    images
    images
    images

    यस्तो अवस्थामा, 'नयाँ शक्ति' र 'नेतृत्व'लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्ने उनको जिकिर छ । साथै उनले लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको वाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प नभएको उनको दाबि छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार्की आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।