Logo

२०८३, श्रावण ३०गते


images
images

प्रेस सेन्टर बागलुङले एक पालिका, एक पत्रकार खटाउने

प्रेस सेन्टर बागलुङले एक पालिका, एक पत्रकार खटाउने

images
  • प्रेस सेन्टर बागलुङले एक पालिका, एक पत्रकार खटाउने
    images
    images

    बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ ।

    images
    images
    images

    आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उद्देश्यले जिल्लाका दश वटा पालिकामा सञ्चार संयोजक चयन गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाले जानकारी दिए ।

    images
    images
    images

    जस अन्तर्गत बागलुङ नगरपालिकामा अनिश खाती,  काठेखोला गाउँपालिकामा कोपीला कँडेल, जैमिनी नगरपालिकामा सज्जन कुमार सिंह, बरेङ गाउँपालिकामा राम थापा अविरल, गलकोट नगरपालिकामा जीवनकला खत्री (सरिता), ताराखोला गाउँपालिकामा जगिन्द्र विश्वकर्मा, बडिगाड गाउँपालिकामा बिमल खडका, ढोरपाटन नगरपालिकामा सुमन सुनार, तमानखोला गाउँपालिकामा योगेन्द्र विश्वकर्मा र निसीखोला गाउँपालिकामा कुम्बिर विश्वकर्मालाई जिम्मेवारी प्रदान गरिएको सेन्टरका अध्यक्ष थापाले बताए ।

    images
    images
    images

    बैठकले जिल्लामा सूचना डेक्स स्थापना गरी समग्र जिल्लाको सूचना व्यवस्थापनकोे लागि प्रेस सेन्टरका केन्द्रिय सदस्य मुकेशचन्द्र राजभण्डारीलाई जिम्मेवारी दिने निर्णय गरेको सेन्टरले जनाएको छ । डेक्समा सेन्टरका प्रदेश समिती पदाधिकारी र जिल्ला समिती पदाधिकारी रहने व्यवस्था मिलाईएको छ । 

    सत्य, तथ्य सुचना र समाचार मार्फत आम नागरिकलाई सुसुचित गर्दै विचार, संगठन र व्यवहारमा प्रेस सेन्टर नेपाललाई अब्बल संगठनको रुपमा विकास गर्न सोहि अनुरुप कार्य सम्पादन गरिने प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष सज्जन कुमार सिंहले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।