Logo

२०८३, आश्विन १०गते


images
images

४ दशक बढी पार्टीमा काम गरेका पदम थापाले एमाले परित्याग गर्दै भने - 'अपमानको पीडा सहन सकिन'

४ दशक बढी पार्टीमा काम गरेका पदम थापाले एमाले परित्याग गर्दै भने - 'अपमानको पीडा सहन सकिन'

images
  • ४ दशक बढी पार्टीमा काम गरेका पदम थापाले एमाले परित्याग गर्दै भने - 'अपमानको पीडा सहन सकिन'
    फाइल फोटो
    images
    images

    देवदह । वि. सं. २०३५ सालदेखि निरन्तर हालको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा रहेर विभिन्न कमिटिमा काम गर्दै आफ्नो जीवनको ४४ बर्ष पार्टीमा लगानी गरेका एमाले नेता पदम थापाले भावुक हुँदै एमाले छाडेको घोषणा गरेका छन् । पार्टीमा आफुलाई गरिएको अपमानको पीडा सहन नसकेर पार्टी छाड्ने निष्कर्षमा पुगेको बताउँदै थापाले शुक्रवार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोँषणा गरेका हुन् ।

    images
    images
    images

    वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनबाट देवदह नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित उनी पुनः दोहोरिन चाहेपनि पार्टीले टिकट नदिएपछि वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । टिकट वितरणबाट असन्तुष्ट बनेका उनले सिमित अवसरबादीहरूले पार्टीको बर्को ओढेर आफूमाथि प्रहार गर्दै अपमान गरेको बारम्बार दोहोर्याईरहे । 

    images
    images
    images

    ६८ बर्षिय थापा २०३५ सालमा पार्टीको सम्पर्कमा आएको र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तत्कालीन लुम्बिनी अन्चल सदस्यको रुपमा २०३७ सालदेखि जोडिएको बताउँछन् । २०४७ सालमा पार्टीको सदस्यता लिएका उनी २०५४ सालमा एमाले विभाजित हुँदा अधिकांश कार्यकर्तालाई मालेमा जानबाट रोकेर देवदहमा एमालेको आधार जोगाउन भुमिका खेल्ने मध्यका एक हुन् । 

    images
    images
    images

    वि. सं. २०११ सालमा रुपन्देहीको मणिग्राममा जन्मीएका उनी २०३७ सालमा देवदह बसाई सरेर त्यसयता निरन्तर पार्टी काममा खटिएको बताउँछन् । राजनीति व्यापार बन्दै गएको र अवसरबादीहरूले पार्टी कब्जा गरि आफू जस्ता इमानदार कार्यकर्तामाथि निरन्तर प्रहार गरिरहेको उल्लेख गर्दै थापाले आफुले राजनीतिलाई सधै सेवा सम्झेको र सोहि अनुसार काम गर्दा आफ्नो १९ कट्ठा जग्गा सकिएर हाल १० धुर मात्रै बाँकी रहेको बताउँछन ।

    आफुलाई पैसा छैन, खर्च गर्न सक्दैन भनेर टिकट नदिईएको सूचना पाएको दावी दिंदै थापाले गत निर्वाचनमा समेत आफुले २ लाख ५० हजार मात्रै खर्च गरेर १३५० मत सहित निर्वाचन जितेको बताए । त्यसैगरी आफू सबैप्रकारका विभेद, छुवाछूत र अन्याय अत्याचारको विरुद्द लड्न कम्युनिस्ट बनेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा राज्यद्वारा पछि पारिएका जनजाति, दलित र महिला समुदायको पक्षमा काम गर्दा केही नेताद्वारा आफुलाई जातिवादीको विल्ला भिराईएकोप्रती दु:ख व्यक्त गरे ।

    आफू पदलोलुप नभएको तर अन्याय र  अत्याचारको विरुद्ध निरन्तर आवाज उठाउने व्यक्ति भएकोले आफुमाथि भएको अपमानले विद्रोह गर्न बाध्य पारेको उनको भनाइ छ ।

    थापाले देवदह ७ को विकासका लागि के गरे ?

    सोही पत्रकार सम्मेलमा आफुले गरेको कामबारे चर्चा गर्दै थापाले समग्र देवदह र मुलतः देवदह ७ को विकासमा उल्लेख्य भुमिका निर्वाह गरेको बताए ।

    उनका अनुसार देवदह आदर्श बहुमुखी क्याम्पसको जग्गा छनोट गरि  शितलनगरमा क्याम्पस राख्न पहल उनैले गरेका थिए । त्यसैगरी यशोधरा पार्कको निर्माण, देवदहकै एक मात्र अत्याधुनिक कोशेली भवन शितलनगरमै बनाउने कामको पहल, देवदह ७ मा यशोधरा भिक्षुणी विहार निर्माणको लागि जग्गा व्यवस्थापन, दलित संघ र मगर संघलाई जग्गा व्यवस्थापन गरि भवन निर्माणमा सहयोग,
    सोमबारे हाटबजारमा टहरा निर्माण, सुत्केरी स्याहार सेवा सहितको स्वास्थ्यकेन्द्र ७ नं. मै ल्याउन भुमिका, जेष्ठ नागरिक मिलन केन्द्र निर्माणको लागि पहल, २६ किमी बाटोमध्य ९ किमी बाटो कालोपत्रे लगायतका काम आफुले गरेको उनको भनाइ छ ।

    त्यसैगरि पत्रकार सम्मेलनमै उनले आफ्नो डायरीमा लेखेको चुनावी प्रतिबद्धता समेत पढेर सुनाएका थिए । यी हुन् प्रतिबद्धताका मुख्य बुँदा:

    १. धुलोरहित वडा नं.७ बनाउने
    २. नाली र ढल निकासको सबै समस्या हल गर्ने
    ३. ७ नं. मा रहेका यशोधरा पार्क लगायतका पार्क तथा पर्यटकीय स्थलको विकासलाई प्राथमिकता दिने
    ३. देवदह आदर्श बहुमुखी क्याम्पसमा स्नातक तहमा विज्ञान संकाय संचालन र स्नातकोत्तर तह सुरुगर्न पहल गर्ने
    ४. देवदह माविलाई बजेट अभाव हुन नदिने तथा पढाइएको गुणस्तर वृद्धिको लागि काम गर्ने आदि

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।