देवदह । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा दलहरूले चुनावी घोषणा पत्र जारी गर्ने र सार्वजनिक प्रतिबद्धता गर्ने लगायतका कामलाई निरन्तरता दिंदै आएका छन् । सोही क्रममा शुक्रवार पार्टीको वडा सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेकपा एमाले देवदह नगरपालिका वडा नं. ५ का उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छन ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै वडा अध्यक्ष पदका ३० वर्षिय युवा उम्मेदवार गणेश डुम्रेले वडा नं. ५ मात्र नभएर देवदह नगरपालिकाकै मुहार फेर्ने सपनाको हुटहुटी पूरा गर्न आफुले उम्मेदवारी दिएको र निर्वाचन जितेपछि जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विगत लामो समयदेखि देवदहका बिभिन्न संघ संस्थामा सक्रिय रुपमा संलग्न डुम्रेले शिक्षा, स्वास्थ्य, रोजगार, पुर्वाधार, कृषि लगायतका विषयमा गर्न सकिने कामको सुक्ष्म अध्ययन गरेर प्रतिबद्धता पत्र तयार गरेको बताउँदै आफ्नो टिमलाई जिताउन अपिल गरे ।
डुम्रेको टिममा वडाको महिला सदस्य पदमा बिमलादेवी दर्लामी, दलित महिला सदस्यमा संगिता बि.क. तथा सदस्यमा सावित्रा पौडेल र सोभकान्त भट्टराईको उम्मेदवारी रहेको छ ।
कुल ७६ बुँदामा समेटिएको प्रतिबद्धता पत्रमा वडाको समृद्धिका लागि नवीन र महत्वाकांक्षी योजनाहरू अगाडि सारिएको छ ।
नेकपा एमाले देवदह ५ को घोषणा पत्र पूर्ण पाठ (जस्ताको तस्तै)
हाम्रो संकल्प:
हामि भ्रष्टचारमुक्त शुसाशनयुक्त काम गर्नेछौँ ।
हामी पारदर्शि रुपमा काम गर्नेछौँ ।
हामी अधिकतम प्रविधियुक्त प्रशासनिक सेवा दिनेछौँ ।
हामी शासक होईन सेवक बन्नेछौँ ।
हामी जनता प्रति उत्तरदायि बन्नेछौँ ।
शिक्षा
१. आजका बिद्यार्थीको इच्छा प्रबिधीयुक्त शिक्षा मान्यतालाई आत्मसाथ गर्दै मा बि तहका हरेक शिक्षकलाई निशुल्क ल्याप्टपको ब्यवस्था गर्ने ।
२. सामुदायिक र सस्थागत मा बि तहका सबै कक्षा स्मार्ट बोर्डबाट कक्षा संचालन (स्मार्ट स्कुल सञ्चालन) गर्ने ।
३. शिक्षकलाई निःशुल्क प्रबिधि तालिम सञ्चालन गर्ने ।
४. शिक्षाको नतिजाको आधारमा उत्कृष्ट नतिजा दिने शिक्षकलाई शिक्षा पुरस्कार बाट सम्मान गर्ने ।
५. तत्कालीन प्रगती प्रा.बि. कोलुवा र बाटो माथी स्तरीय नमुना बालमैत्री मन्टेश्वरि शिक्षा (केरवानी मा बि र युगज्योति मा.वि.सगको सहकार्यमा) संचालन गर्ने ।
६. केरवानी मा बि को कृषि शिक्षालाई थप प्रयोगात्मक, प्रबिधिमैत्री र रोजगारमुलक बनाउने ।
७. हाम्रो लक्ष्य हरेक युवा दक्ष भन्ने मान्यतालाई ब्यवहारिकता दिन देवदह नगरमा एक प्राबिधिक शिक्षालय (नगरपालिका संगको सहकार्यमा) स्थापना गर्ने ।
८. लौकेश्वर मन्दिर, ॐ शान्ती र दुर्गा मन्दिर तार्केश्वर मन्दिर, बौद्ध बिहार, जेष्ठ नागरिक मिलन केन्द्रलाई एकीकृत आध्यात्मिक केन्द्रको रुपमा बिकास गर्दै निरन्तर ध्यान ज्ञान योग सहितको हरेक दिन बिहान २ घन्टाको संस्कार शिक्षा संचालन गर्ने ।
९. वार्ड कार्यालय सगैं स्तरीय सामुदायिक पुस्तकालयको स्थापना गर्ने ।
१०. हरेक ६÷६ महिनामा बिद्यालय र साहित्य समाजको सहकार्यमा साहित्य सिर्जना तालिम तथा कार्यक्रम आयोजना गर्ने ।
११. बिद्यार्थी, आमासमुह र स्वयमसेविकाका लागि आयुर्वेद शिक्षा सञ्चालन गर्ने ।
१२. बिद्यालयमा नर्स कार्यक्रम संचालन गर्ने ।
१३. गरिब विपन्न र जेहेन्दार विद्यार्र्थीहरूलाई शैक्षिक सामग्री र विद्यालय पोसाक निःशुल्क उपलब्ध गराउने ।
१४. ३ बर्ष भित्र रुपन्देही जिल्लाकै उत्कृष्ट नमुना बिद्यालयको रुपमा केरवानी मा बि लाई बिकास गर्नेछौ ।
१५. केरवानी मा.वि.को ११ र १२ बिज्ञान बिषयको शिक्षालाई प्रभावकारी बनाउने ।
कृषि
१. नेपाल सरकारबाट आउने कृषि बजेट सबै कृषिमा मात्रै लगानी गरि कृषिमा आत्मनिर्भर अभियान संचालन गर्ने ।
२। बाह्ै महिना कृषि सिचाइ कुलो वा भुमिगत सिचाइ (बोरिङ्ग) आयोजना संचालन गर्ने ।
३. निःशुल्क कृषि मिटर बितरणको व्यवस्था गर्ने ।
४. सार्वजनिक खोला, घोला तटबन्धन स्थलमा बहुबर्षिय घाँस रोपन गर्ने ।
५. गाई भैंसी बाच्छी, पाडी हुर्काउन बाच्छी जन्मदा दर्ता गरि रु.१००० दिने र दग्ुध उत्पादनको अवस्थामा ल्याउदा रु.५००० अनुदान दिने, दुग्धको उत्पादकत्व वृद्धि गर्ने उद्धेश्यले दाना सहुलियत हुने गरि (डेरिको आधिकारिक रेकर्ड अनुसार) प्रती लिटर दुधमा २ रुपैया अनुदान दिने ।
६. ब्यवसायिक बाख्रापालन कुखुरा बगुर पालनलाई प्रोत्साहित गर्ने ।
७. कृषकहरुका लागि तरकारी बीउ बिजन र कृषि उपकरण अनुदानमा उपलब्ध गराउने ।
८. फुलफुलमा आत्मनिर्भर बनाउन एक घर एक उन्नत आँप लिची कागती अम्बा दालचिनीका हाइब्रेड बिरुवा निःशुल्क बितरण गर्ने ।
९. नगरपालिकामा एउटा कृषि संकलन केन्द्र अयमि कतयचभ स्थापना गर्ने ।
१०. हाम्रो वार्ड मकै उत्पादनको पकेट क्षेत्र भएको हुँदा मकैको बजारीकरण, ब्यवसायिकरण र बिबिधिकरण गर्ने (मकैको आटो, रोटि, मम, चाउमिन बनाउने प्रबिधी र तालिमको ब्यवस्था गर्ने ।)
११. समाजको आवश्यकता अनुरुप कृषि टनेल, कौशी खेतीलाई प्राथमिकता दिने ।
१२. कृषि सहकारी मार्फत सहुलियत रुपमा बीउ बिजन मलखाद बितरण गर्ने ।
१३. फोहोरलाई मोहोर बनाउने कार्यक्रम लागू गर्न प्राङ्गारिक मल उत्पादन सम्बन्धि तालिम सचालन गर्ने ।
१४. सफा भकारो, सफा पशु, सफा दूधको अभियान चलाई दूध उत्पादनलाई विशेष जोड दिइनेछ ।
१५. सार्वजनिक जग्गामा नगदेबाली (बेसार अदुवा लगायत) र बहुआयामिक रुख रोपनमा जोड दिने ।
पुर्वाधार
१. ३ बर्ष भित्र सबै सडकहरु आवश्यकता अनुसार पिच गर्ने । (निकास सहितको बिकास, नाला सहितको बाटो)
२. बिजुलिको पोल, तार, कम भोल्टेजको समस्यालाई समाधान गरिनेछ ।
३. बुद्ध पार्कदेखी पाल्पा सिमेन्ट सम्म जाने कजरार करिडोर सहित तटबन्धन गर्ने ।
४. भत्केका बाटाहरु नियमित मर्मत गर्ने ।
५. अब बन्ने हरेक सार्वजनिक संरचना अपाङ्ग मैत्री बनाउने ।
६. नया भवन निर्माणमा आचार संहिता लागू गर्ने ।
७. देवदह मगरघाटलाई व्यवस्थित रुपमा संचालन गर्ने ।
८. लौकेश्वर मन्दिरमा क्रियाघर निर्माण गर्ने ।
९. उपर्युक्त ठाउमा एउटा स्तरीय बस पार्क निर्माण गर्ने । (खैरेनी चोकबाट दक्षिण भेग र सुनवल ७ र ८ धरमपुर छुटने)
१०. सहरी सौन्दर्यता कार्यक्रम अन्र्तरगत (सडक बत्ती र सडक पार्क) निर्माण गर्ने (पुर्वाधार युक्त उज्यालो सडक मार्फत जनजनमा खुशियाली सडकमा हरियाली कार्यक्रम) ।
११. देवदह ५ को पुर्वी भेग देवदह प्रवेशद्वार बनाइ बौद्धकालिन पहिचान झल्कने मुर्ती स्थापना गर्ने ।
१२. शान्ती टोलमा कोलिय पार्क र बैकुण्ठनगरमा नमुना बाल उधान निर्माण गर्ने । (संघ र प्रदेश सरकारको सहयोगमा)
१३. प्रदेश र केन्द्र सरकारको सहयोगमा गुरुङ्गटोला देखि गोठादीमार्ग २ लेन नाला सहितको सड्क निर्माण गर्ने ।
१४. खेलकुद र सहिद नरबहादुर नेपालि स्मृति रङ्गशाला र कोलुवा शान्तिटोल खेल मैदान निर्माण सम्पन्न गर्ने ।
१५. राष्ट्रिय स्तरकै खेलाडी उत्पादन गर्ने गरि खेल (प्रशिक्षण) कार्यक्रम सन्चालन गर्ने ।
१६. वडामा एउटा स्तरीय सभाहल निर्माण गर्ने ।
१७. वडामा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण गर्ने । (वडाबासीहरुका लागि बिवाह बर्तबन्ध पूजा, भेला र अन्य प्रयोजन)
रोजगार
१. अवसरको खोजिमा रहेका शिक्षित सिपयुक्त, सिपबिहिन जनशक्तिको तथ्यांक संकलन गरि आवश्यक रोजगारीको ब्यवस्था गर्ने ।
२. युवा तथा महिला उद्यमशिलता कार्यक्रम संचालन गर्ने ।
३. यस वडाबाट शिक्षाका विविध बिधामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मान र यहिका बित
रोजगार
१. अवसरको खोजिमा रहेका शिक्षित सिपयुक्त, सिपबिहिन जनशक्तिको तथ्यांक संकलन गरि आवश्यक रोजगारीको ब्यवस्था गर्ने ।
२. युवा तथा महिला उद्यमशिलता कार्यक्रम संचालन गर्ने ।
३. यस वडाबाट शिक्षाका विविध बिधामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मान र यहिका बित्तीय सस्था, शिक्षा स्वास्थ्य, औद्योगिक क्षेत्रमा सहजीकरण गरि अवसरमा प्राथमिकता दिने (यस क्षेत्रका संघसंस्थाका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम अनिवार्य रुपमा यहि क्षेत्रमा कार्यान्वयनको व्यवस्था मिलाउने ।
४. प्राबिधिक शिक्षालय मार्फत स्वरोजगार कार्यक्रम संचालन गर्ने ।
५. युवा उधमशिलता कार्यक्रम मार्फत उधम गर्ने सोच भएका युवाहरुका निम्ति वडाले सहयोग गर्ने ।
६. देवदह औधोगिक ग्राम निर्माण गरि रोजगारी ऋजना गर्ने ।
७. एक घर एक रोजगार र स्वरोजगार लगानी सम्मेलन मार्फत औधोगिक लगानी मैत्री नीति तथा बातावरण बनाउने ।
स्वास्थ्य
१. निरोगीता सम्बन्धी तालिम (खानपान, सरसफाई, पानीको शुद्धता, पौष्टिक आहार, सन्तुलित भोजन सम्बन्धि) तालिम सञ्चालन गर्ने ।
२. सबैघरमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने । (गरिब र विपन्न बर्गलाई निःशुल्क गर्ने ।)
३. देवदह स्वास्थ्य चौकीबाट हुने सेवा प्रवाह स्तरीय र प्रभावकारी बनाउने ।
४. १५ बेड सहितको देवदह अस्पतालको निर्माण समयमै सम्पन्न गरि बिशेषज्ञ सहितको सेवा प्रवाह गराउने ।
५. जेष्ठ नागरिक निःशुल्क घरदैलो स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने ।
६. गरिब विपन्न र अपाङ्गताका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने ।
७. ब्लडको निःशुल्क ब्यवस्थापन मिलाउने ।
सुशासन
१. भ्रस्टाचार रहित सुशासन सहितको प्रसासन संचालन गर्ने ।
२. कम्तिमा बर्षको एक पटक बृहत सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गर्ने ।
३. कुनै पनि कर्मचारी छनौट गर्दा स्वस्थ, प्रतिस्पर्धा र पारदर्शी रुपमा गर्ने ।
४. अधिकतम प्रविधियुक्त प्रशासन र सेवा पद्रान गर्ने । (अनलाइन कर डकुमेन्टेशन सेवा)
अन्य कार्यक्रमहरु
१. आवश्यकता अनुसार प्रतियोगितात्मक खेल कार्यक्रम संचालन गर्ने ।
२. मुख्य चोक र सार्वजनिक स्थलमा सिसिटीभि क्यामरा जडान गर्ने ।
३. ५० प्रतिशत सहुलियतमा एक घर एक इन्डेक्स चुलो बितरण गर्ने ।
४. नागरिक समाज र बिज्ञ समुह सग निरन्तर अन्तरक्रिया गरि योजना बनाउने ।
५. सबै जाती, भाषा, धर्म, संस्कृति र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने ।
६. युवा तथा महिला लक्षित कार्यक्रम संचालन गर्ने ।
७. प्लास्टिक र फोहोर मुक्त अभियान मार्फत ग्रिन एण्ड क्लिन सिटि सञ्चालन गर्ने ।
८. बिपन्न परिवार र गरिव परिवारको लगत संकलन गरि परिचयपत्र बितरण गर्ने ।
९. न्युनतम दस हजार लिटर सम्मको खानेपानी निःशुल्कको व्यवस्था गर्ने ।
१०. देवदह खानेपानी संस्थासंगको सहकार्यमा नियमित प्रर्याप्त रुपमा शुद्ध स्वच्छ खानेपानी उपलब्ध गराउने ।
११. उच्च जेष्ठ नागरिक (८४ पुजन कार्यक्रमका लागि उत्सव बजेटको व्यवस्था गर्ने ।
१२. सुत्केरी महिला र नव शिशु स्याहार कार्यक्रम अन्र्तगत कम्तिमा ६ महिना सम्मका लागि पौष्टिक आहारको व्यवस्थापन गर्ने । (आमा समुहको सहकार्यमा)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology