Logo

२०८३, श्रावण ३०गते


images
images

सन्दर्भ: बुद्ध जयन्ती

हरेक संकटको समाधान: ध्यान, ज्ञान र विज्ञान

हरेक संकटको समाधान: ध्यान, ज्ञान र विज्ञान

images
  • हरेक संकटको समाधान: ध्यान, ज्ञान र विज्ञान
    images
    images

    बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
    शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान

    images
    images
    images

    राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित कविताका यी पङ्क्तिले भनेझैं नेपाल आदिम ऋषिमुनिहरुको तपोभूमि, प्रकृतिको क्रीडाभूमि, वीर योद्धाहरुको जन्मभूमि, सांस्कृतिक र साम्प्रदायिक विविधताकाबीच अटुट एकताको अविरल प्रवाहमान भएको देश हो । जहाँँ सामाजिक विकृति विसङ्गति, हत्या, हिंसा क्षेत्रीय दुर्भावनाका जालो तोड्दै शान्ति र सद्भावसहित यो बुद्ध भूमिबाट द्यौ शान्ति, पृथ्वी शान्ति बैद्धिक मन्त्र उच्चारण गरी विश्वभर शान्तिको सन्देश फैलाउन सकिन्छ ।

    images
    images
    images

    गौतम बुद्ध शान्तिका दूत, शान्तिका पुजारी, अहिंसाका पथप्रदर्शक, जीवजन्तु र वातावरण संरक्षक, महामानव नेपालीहरुका  गौरव, विश्वका लागि एक मात्र महापुरुष र अनुकरणीय व्यक्तित्व हुन् । गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन।  बुद्ध धर्मको परम्परामा गौतम बुद्धलाई वर्तमान कल्पको सम्यक सम्बुद्धको रुपमा मान्निछ । 

    images
    images
    images

    बुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरु प्राणीलाई दुःख निरोधको मार्गदर्शन गर्दछन् । इतिहासकारका अनुसार ५६३ इसापूर्वमा वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा जन्मिएका बुद्धले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजर्षी सुखमा बिताए । सदा संसारमा व्याप्त दुःखका कारण र त्यसको निवारण के होला भनी चिन्तित उनी दुःख निवारणको सत्य मार्ग पत्ता लगाउने उदेश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी भारतको विभिन्न ठाँउमा सात वर्ष कष्टदायी तपस्या गर्दै बोधगया भन्ने ठाउँमा एक बोधीवृक्षको  मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै सम्यक सम्बोधी प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलिए ।

    बुद्ध धर्मको अन्तिम लक्ष्य होः; दुःखबाट सदाका लागि मुक्ति । बुद्धले दुःख भक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरुलाई महत्व दिँदैनथे । उनी भन्दथे भिक्षुहरु म केवल एउटा कुरा मात्र सिकाउँछु । “दुःख र सुःख विरोधको उपाय ‘शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःख मुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ” भन्ने  यहि उनको मूल शिक्षा हो । बौद्ध दर्शन अनुसार बुद्धमार्गमा लाग्नका लागि आधारभूत ५ बुँदाहरु जसलाई पञ्चशील भनिन्छ ।प्राणि हिंसा नगर्ने, मधपान नगर्ने, चोरी नगर्ने नसोधी नलिने, झुटो नबोल्ने, व्यभिचार नगर्ने, नै पञ्चशील हो ।

    वर्तमान समयमा मैत्रि करुणा र अहिंसामा आधारित बुद्धधर्मप्रति सबैको आकर्षण बढ्दो छ । बुद्ध शान्तिको प्रतिकको रुपमा शान्ति र सद्भाव चाहने सबैको लागि एक आस्थाको केन्द्र हुन । संसारका सबै मान्छेले शान्ति चाहन्छन् , सुःख चाहन्छन् तर वास्तविक सुःखको अनुभूति कम मात्र मानिसले गर्न पाएका छन् । शान्ति प्राप्त गर्न गाह्रो भएको र सुःख प्राप्त गर्न दुर्लभ भएको होइन; कारण मान्छेले संसारलाई जान्न खोज्दा संसारलाई अध्ययन गर्न खोज्दा, आफुलाई जान्न बुभ्mन, अध्ययन गर्न नसकेर हो ।

    शान्ति र सुःख टाढा छैन, अप्ठ्यारो होइन, शान्तिको मौलामा स्वार्थलाई बलिदान दियौं भने रगत बगाइरहनु पर्दैन । मान्छेले वर्तमान समयमा आधुनिकता रक्सीको बोतलमा आफूले लगाउने पोसाक र बाहिरी सुन्दरतामा देखिरहेको छ । साँच्चै आधुनिकता र आनन्द  बाहिरी आवरण र सुन्दरतामा हुन्थ्यो भने विश्वका सुन्दरीहरु र फेसन डिजाइनरहरुहलाई महात्मा भनेर पुजा गर्नुपर्ने हो न कि महामानव भगवान गौतम बु्द्ध, महात्मा गान्धि स्वामी विवेकानन्दलाई ।’ बुद्धको ज्ञानको सार्थकता त्यतिबेला देखिन्छ जतिबेला मान्छेले बाहिरी सुन्दरताभन्दा आन्तरिक सुन्दरतालाई ध्यान दिन्छ । आन्तरिक सुन्दरतामा ध्यान, सकारात्मक विचार, आध्यात्मिक चिन्तन, कर्म र व्यवहारलाई जोड दिइन्छ । आज हामी शिक्षित छौं तर शान्त छैनौं, सभ्य छौं तर आनन्दित छैनौं, बुद्धिमानी छौै ,तर ज्ञानी छैनौं, त्यसैले वास्तविक शान्त र आनन्दित ज्ञानी बन्नका लागि बुद्धको वाणी,एवम् दर्शनलाई व्यावहारिक जीवनमा रुपान्तरण गर्न आवश्यक छ ।

    आज हरेक मानिस मानसिक रुपमा शान्त, शारिरक रुपमा स्वस्थ्य र वौद्धिक रुपमा सिर्जनशील बन्नु पर्छ । जबसम्म मानव मन शान्त हुदैन तव सम्म जीवनको अर्थ ख्ल्दैन, जीन्दगीको लक्ष्य भेटिँदैन समाजमा व्याप्त सामाजिक अपराधको बाढी रोकिदैन । बेइमान, भ्रष्टचार, हिंसा, लागूऔषधको प्रयोग, यौनजन्य क्रियाकलाप सवै अशान्त र विकृत मनका दुष्परिणाम हुन् । बुद्धको जीवनबाट मानव जीवनलाई सार्थक बनाउनको लागि शारीरिक मानसिक रुपमा जागृत हुन आवश्यक छ ।

    विश्वविख्यात दार्शनिक वीत्सेको उद्गार छ ” के तिम्रो आत्मा मैलो र गरिव छैन ? महामानव समुन्द्र हो, मानव फोहोर ढल । त्यसैले तिमी समुन्द्र बन्नैपर्छ । जसमा तिम्रा सारा फोहोर मैला घुलेर विलिन हुनुका साथै तिम्रा स–साना प्रवाह विलय भई महान सागरमा  परिणत हुन्छन् । म तिमीलाई महामानवबारे बताउँछु । भन ! मानवता भन्दा बढी केहि बन्न तिमिले के गरेका छौं ? जसरी तिमी एक बाँदर माथि हाँस्छौ, महामानव तिमी माथि हाँस्छ । आऊ ! म तिमीलाई महामानव बन्न सिकाउँछु । त्यसैले महामानव फल सहितको विज हो । ‘‘एकपटक बुद्धलाई कसैले सोधेछन् –‘तपाई भगवान हो? तपाई भगवानको दूत हो ? बुद्धको भनाई होइन आयो । त्यसपछि तपाई को हो भनेर सोध्दा जवाफमा बुद्धले म पनि तिमि जस्तै एक मानव हुँ तर म जागि सकेकोछु मसँग जागृत आत्मा छ । तिमी संसारिक अमनचयनमा मस्त छौँ । तिमी महामानव बन्न जाग्नै पर्छ, जीवनबाट ब्युझनै पर्छ भन्नुभएछ ‘यो बुद्धको वाणी र वचन मानव जीवनको लागि ठुलो रहस्य र सम्मान हो । एक मानव जागृत भयो भने उ पनि बुद्ध बन्न सक्छ ।

    बुद्धम् शरणं गच्छामि 
    धम्मम्, शरणं गच्छामि
    संघम् शरणं गच्छामि

    महामानव गौतम बुद्धले आफ्नो उपदेशमा कहीँ कतै मूर्ति पूजा गर्नुपर्ने कुरा उल्लेख गर्नुभएन, जसले मूर्ति पूज्दैमा भगवान भेटिँदैन भनेर सन्देश यो विश्वलाई दियो, त्यही बुद्धको आज संसारमा धेरै मूर्र्ति छन । त्यसैलाई सम्मान र ज्ञान मानेर पूजा गरेका छौं हामी मानव । बुद्धका अमृतवाणी र अद्भुत ज्ञानका ग्रन्थहरुलाई संङग्राहालयमा पूजा गरेर बाहिरी आवरणमा आधारित शान्ति र सुखको नारा लगाईरहेका छौं । शान्तिका प्रतीक परेवाका खुट्टा काटेर चोक गल्ली र शहरमा शान्तिका गीत गाईरहेका छाौं । बत्ती मुनिको अँध्यारो भनेझै नेपालमै जन्मिएका बुद्धको ज्ञान, दर्शन र उनीद्वारा प्रदर्शित मार्ग स्वयं नेपालीले अवलम्वन गर्न नसक्नु दुःखद् हो । केवल बुद्ध जयन्तीमा बुद्ध धर्मसँग सम्बन्धित परिचर्चाले मानव जीवनमा परिवर्तन आउँदैन । त्यसका लागि प्रत्येक पल सत्य र अहिंसाको माध्यमद्वारा आफूभित्र मानवताको खोज गर्नु नै उत्तम हुन्छ । वैज्ञानिक तथा दार्शनिकद्वय आइन्स्टाइन र वट्रेन्ड रसले मानव मात्रलाई गरेको संयुक्त अपिल हाम्रा लागि पनि सान्दर्भिक छ । ”मानवको नाताले हामी मानव मात्रलाई यही अपिल गर्छाैं, कि मात्र मानवतालाई जोगाऊ । अरु सवै (वाद, सिद्धान्त, भाषा तथा जातीय अभियान, अन्तराष्ट्रिय भावना.) लाई बिर्सीदेऊ“ तब मात्र तिमीहरुको निम्ति धरती मै स्वर्गको मार्ग खुलिरहेको पाउने छौँ, अन्यथा विश्वव्यापी संहारलाई नचाहेर पनि हेर्न बाध्य हुने छौँ ।’ यी विचारले हरेक मानव आत्मालाई मानवतातर्फ सचेत गराएको छ । 

    ‘जहाँ ज्योति छ, त्यहाँ जिन्दगीको मोती’ छ भन्ने बुद्धको विचारले जीवनको खोज र सुःखको अनुभूति र दुःखको निवारण आफूलाई आफ्नो आत्मालाई अध्ययन गर्नुमा, अहिंसामा र सत्यमा छ भन्ने कुरालाई विचरण गरेको छ ।

    नेपाली भूमिमा विदेशी साम्राज्यले खुटुटो घुसाउन नसकेको ऐतिहासिक दृष्टान्तले नेपालीहरुका वीरता, शूरता, बहादुरी र व्रmान्तिकारितालाई सङकेत गर्दछ भने आफू भित्रको युद्धलाई जितेर सिद्धार्थ गौतम बुद्ध बनी विश्वलाई शान्तिको पाठ पढाएको इतिहासमा छ ।

    यो देशमा धेरै सामाजिक, राजनीतिक आर्थिक क्रान्तिहरु भए । अब एकपटक आध्यात्मिक क्रान्ति गरौँ।  ध्यान, ज्ञान र विज्ञानको माध्यमबाट हात हतियार, बम, गोला र वारुदको युद्ध होइन; सकारात्मक, विचार, ध्यान, तपस्या, अध्यात्मिक चिन्तनद्वारा बाहिरी युद्धलाई भन्दा आफूभित्रको युद्धलाई जितौं । त्यही युद्धले तपाई हामीलाई एक महानतम बुद्ध बनाउने छ ।

    बाहिरी युद्ध र क्रान्तिले क्षतविक्षत बनेको वर्तमान घाइते युगको लागि बुद्धभूमि  नेपाल र नेपाली जनशान्तिको मलमहरु बन्नुपर्छ । युद्धोन्मादको भूत सवार भएका विश्वका शक्तिशाली मनमस्तिष्कको उपचारका लागि नेपाल र बुद्धभूमि लुम्बिनी मानसिक उपचारका केन्द्र बन्नुपर्छ। लुम्बिनीबाट शान्तिको शङ्खनाद गुन्जाउँदै शान्तिप्रिय नेपालीहरुले विश्वलाई शान्ति चेतनाको पाठ पढाउन सक्नुपर्छ । लुम्बिनी नेपालको माटोभित्र छ तर लुम्बिनी विश्वभरिका विश्वभरिकै बुद्धधर्मावलम्बीहरुका र शान्तिप्रिय मानवको  मन मुटुभित्र पनि छ । बुद्धको जीवनदर्शन,र यस बुद्धभूमिबाट विश्वभर शान्ति,सद्भाव एकता, अहिंसा, सत्य र दयाको मङ्गलगान गर्दै विश्वलाई नै विनाशको मार्गबाट फर्काएर विकासको शिखर यात्रामा अरोहण गराउन सम्पूर्ण नेपालीहरुको त्याग र समर्पण साथ विश्व शान्तिको अक्षय स्रोतले युद्धका मरुभूमिहरुलाई भिजाउन पर्छ र शीतललता प्रदान गर्नुपर्छ । 

    असतोमा सत्गमय
    तमसोमा जोर्तिरगमय 
    मृत्र्युमा अमृतम्गमय । 

    जय बुद्धभूमि, बुद्ध जयन्ती दिवस

    लेखक डुम्रे (gdsoft.dumre@gmail.com) देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर-५ का अध्यक्ष हुन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।