Logo

२०८३, श्रावण ३०गते


images
images

समृद्ध देवदहका ३४ सपना

समृद्ध देवदहका ३४ सपना

images
  • समृद्ध देवदहका ३४ सपना
    images
    images

    उत्तरमा हिमाल र चुरेपर्वतको शृङखला, दक्षिणमा तराईका समथर फाँट, पुर्वमा नवलपरासी जिल्लाको पवित्र भुमी र पश्चिममा ऎतिहासिक बुटवल किल्लाको मध्यभागमा अवस्थित प्राचिन कोलिय गणराज्यको राजधानी देवदह हो ।

    images
    images
    images

    देवदह विश्वका महामानव भगवान गौतम वुद्धको मावलीस्थल हो । देवदह नगरपालिका भौगोलिक, साँस्कृतिक, पर्यटकिय, धार्मिक र कृषिका दृष्ट्रिकोणले समेत अथाह सम्भावना र क्षमता बोकेको भुमी हो । यहि सम्भावना र सपनालाई यर्थाथतामा वदल्न स्थानिय तहको दोस्रो निर्वाचन मार्फत आम देवदहवासिले समग्र देवदहको विकासको लागि नेतृत्व छनौट गर्नेछन । जुनसुकै राजनितिक दलको नेतृत्वको जित भएता पनि असल, क्षमतावान्, उच्च नैतिकता, सबैका भावनालाई सम्मान गर्दै अगाडि बढ्न सक्नुपर्छ । अनुभवी र समस्यालाई अवसरको रुपमा ग्रहण गर्दै अघि बढन सक्नुपर्छ ।

    images
    images
    images

    प्रस्तुत छ,  समृद्ध देवदहका लागि देवदहका हजारौं युवाले देखेका सपनाका केही अंश:
     

    images
    images
    images

    १.  देवदह नगरपालिकाको कुनै पनि कार्यालयमा भनसुनको राजनिति अन्त्य भई विकास र समृद्धीको मनसुन सुरुवात होस ।

    २.  राजनितिक विकृती र विसङगति हटाई समाजमा सबै पक्षका विच आपसी मेलमिलाप, भाइचारा, आत्मियता, सहिष्णुता र एकता फैलियोस ।

    ३ आफ्नो पार्टिको योजना मात्र होइन सम्रग क्षेत्रकै प्रतिनिधित्व गर्ने गरी विकासले गति लिईयोस ।

    ४.  आत्मनिर्भताका सबै उपाय अवलम्वन गरी, धनी झनझनै धनी र गरिव झन गरिव बन्ने अवस्थाको अन्त्य होस् ।

    ५.   श्रम गर्नेहरु झुपडीमा र श्रमको शोषण गर्नेहरु महलमा बस्ने अवस्थाको अन्त्य होस् ।

    ६.  कवि, कलाकार, शिक्षक, प्राध्यापक, बुद्धिजिवीहरुको बौद्धिकता र किसानहरुको श्रमशीलता र कर्मशीलताको उच्च सम्मान होस्  ।

    ७ .  नियुक्ती, सरुवा बढुवा र अवसरको प्रयोगका लागि राजनितिक दलका पाउँमा भेटी चढाँउन कर्मचारी, शिक्षक, प्राध्यापक लगायतको म्याराथुन दौड नहोस ।

    ८.  आफ्नो खरले छाएको छानोको घर, आफ्नो उर्वर भुमी बाँझै छोडेर विदेसीका पक्की घर ढलान गर्न, उजाड भुमीलाई हरियाली बनाउने र बिदेशीका जुठा भाँडा माझेर हात कुहाउनुपर्ने अवस्था अन्त्य होस्  । देशमा उधमशिलताको विकास होस ।

    ९. शान्ति, सहकार्य, सहअस्तित्व,समानता, श्रमशिलता, नैतिकता, न्याय, सेवाभाव, कर्तव्यनिष्ठ हाम्रो समाजका साझा आर्दश होस्  ।

    १०. लुम्विनी र तिलौरााकोट आएका पर्यटकहरु बुद्धको मावलीस्थल भवानीपुरको दर्शन गर्दै त्यँहा रहेको पत्थरको स्तम्भ, सुर्यदेवीको मुर्ति, प्राचिन इनार र १०८ बोधी बृक्षको अवलोकन गरी, सोहि स्थानमा रहेको सुचना केन्द्र मार्फत समग्र देवदहको जानकारी लिने वातानरण होस् ।

    ११. पर्यटकहरु नेपालकै सवैभन्दा ठुलो, अत्यन्तै अलौकिक र बिशाल वृक्ष पाकरी वृक्षको छहारीमा बसी, जँहा सयौ आन्तरीक र बाह्य पर्यटक फोटो खिच्न, सयौ चलचित्रको छायाङकनका लागि, कलाकार, कलाकर्मी लामबद्ध हुने र बृक्ष अवलोकन गरी मनका सम्पुर्ण पिरब्यथालाई बिर्सजन गरी फर्किन पाउन ।

    १२. पर्यटकहरु देवदहकै आफ्नै पर्यटकिय बसको माध्यमबाट कन्यामाई र बैरीमाई पुगी गौतम बुद्धको माता मायादेवी र पालनकर्ता प्रजापति गौतमको झल्को दिने गरी बनाईएको तत्कालिन समयको संरचनाहरुको अवलोकन पश्चात थारुहरुको परम्परागत कला, सँस्कृतीलाई अवलोकन गर्न सिसपुर पुगुन् ।  जहाँ स्थानियहरुद्धारा आफ्नै मौलिक परिकारका खाने र बस्ने ब्यवस्था सहितको होम स्टेमा रात विताउन पाउन् ।।

    १३. बिहानीको सुर्योदय सँगै बौद्धिककालमा ऋषि तपस्वीहरुले स्नान गर्ने पवित्र दह जाँह भगवान गौतम बुद्धले स्नान गरेको, पौडी खेलेको दह जसलाई देवदह भनिन्छ, उक्त दहमा सयौ पर्यटकहरु मनमा सुन्दर शान्त, विचार आरम्भ गरी सोहि स्थानमा बन्ने मेडिटेशन हलमा ध्यान र योगाको माध्यमबाट मनलाई शान्त,सित्तल, ज्ञानमय बनाई यात्रा अगाडी वढाउन पाउन् ।

    १४. बुद्धनगर ( घोडाह)मा अवस्थित खयरडाँडाको भ्रमण गरी तत्कालिन ब्रिटिश सैनिकले नेपालमा आक्रमण गर्दा नेपाली तर्फबाट युद्धरत नेपाली सैनीकहरु किल्ला स्थापना गरी वसेको डाँडा माथागढीमा बन्ने बिशाल भ्युटावरबाट देवदह, पाल्पा र नवलपरासीका सुन्दर,मनोरम हिमालका दृश्यहरु हेरी आन्तरिक र बाह्य पर्यटक पुणर् सन्तुष्ट र आनन्दित हुन पाउन् ।

    १५. देशभरिबाट हजारौ  कृषकहरु अगर्निक कृषिको नमुना फर्म अवलोकन गर्नका लागि सरनबारी , देवदह ९ मा रहेको बुद्घनगर कृषि पकेट क्षेत्र, एक घर एक उत्पादन नितीलाई ब्यवहारिक कार्यान्वयन गर्ने गाँउ सुनकौडा आउँन आतुर बनाउने बातावरण होस्  ।

    १६. नेपालकै पहिलो र नमुना अध्यात्मिक नगरपालिका अवलोकनका लागि आउने हजारौ स्वदेशी तथा बिदेशी अध्यात्मप्रेमीहरुले देवदहवासीको आत्मियता, शुद्धता, अनुशासन, खानपान, वोलीवचन, दैनिक क्रियाकलाप, जीवन जीउने कला सिक्न पाउन् । साथै यहाँका मठमन्दिर लोकेश्वर, कोटियामाई, कालिका, दुर्गा, भगवती मन्दिर, धर्मोदय बिहार, लगायत थुप्रै धार्मिक मठ,मन्दिरहरुको दर्शन गरी आध्यात्मिक ज्ञान हासिल गर्न पाउन् ।

    १७. स्वदेशी तथा बिदेशी पर्यटकहरु, स्कुल कलेजका विद्यार्थीहरु, युवा क्लवहरु, आमा समुह, दैनिक, साप्ताहिक वा मासिक रुपमा मनोरन्जनका लागि नेपालकै पहिलो काष्ठकलाले सुसज्जित बुद्घ पार्क, केउली, दाउन्ने र यशोधरा पार्क, बुद्घले गरेको ध्यान र पाएको ज्ञानलाई कला मार्फत परिचय दिने प्रगती सामुदायिक बनमा पत्थरमा बनेका मुर्ति सहितको पार्क, सहिद स्मृर्ती पार्क लगायतका  रमणीय , मनोरम पार्क, पिकनिक स्पोर्टमा रमाउन पाउँन ।

    १८. बृद्ध आमाबुबा, अपाङगता भएकाहरु, असाहय लगायतलाई साँझ, बिहान पायक पर्ने स्थान अनुसार देवदह वनबाटिका, यशोधरा पार्क, सहिद लिलावति स्र्मृित पार्क, सहिद स्मृति पार्क, मदन स्मृर्ति पार्क, मायादेवी पार्क लगायतका क्षेत्रमा आनन्दित बन्नपाउँन ।

    १९. देवदह सितलनगरमा रहेको बिशाल, आधुनिक वहुउद्देश्य भवनबाट दैनिक सयौं देवदहवासी कृषकहरुले आफ्ना कृषी उत्पादन, दुग्धजन्य परिकार र देवदहको चिनो पाइने कोसेली घर मार्फत स्थानीय उत्पादनहरु बिक्री गरी, एक घर एक उत्पादन, एक घर एक रोजगार पुणर् रुपमा लागु भएको अनुभुती गरी आत्मनिर्भरताको लागि देवदह नमुना बन्नोस् ।

    २०.  देवदहको लक्ष्य, सम्पुणर् युवा दक्ष, भन्ने मान्यताले सार्थकता पाउँदै , कृषि र प्राविधिक विधालय मार्फत प्राविधिक सिपयुक्त  दक्ष जनशक्ति उत्पादन होस् , अर्थात डिग्री हासील गरेको सर्टीफिकेट दराजमा थन्काएर भौतारिएर हिडनुपर्ने अवस्था अन्त्य भई अध्ययन पश्चात स्वरोजगार बन्ने अवसर सिर्जना होस् ।

    २१. डिग्री तह सम्मको अध्ययनका लागि बुटवल र काठमान्डौ धाउनुपर्ने समस्यालाई अन्त्य गर्ने र  प्रदेश पाँचकै नमुना क्याम्पस देवदह आर्दश बहुमुखी क्याम्पस , देवदह विज्ञान तथा प्राविधिक क्याम्पस र अन्य निजी क्याम्पसले अन्यत्र जानुपर्ने समस्यालाई विस्थापन गर्नुपर्छ  ।

    २२. देशका विभिन्न भागबाट नमुना सहकारी अवलोकन, सहकारी तालिम , शिक्षा र रेडक्रसका नमुना कार्य, परियोजना, गतिबिधिहरु अवलोकनका लागि  देवदह आउँने  र अपाङ्गमैत्री वातावरण कार्यक्रम हेर्नका लागि देवदह सबैको आर्कषणको केन्द्र बनोस् ।

    २३. साप्ताहिक, पाँक्षिक तथा मासिक रुपमा हुने हरेक साहित्यिक कार्यक्रमले देशभरका साहित्यप्रेमीहरुले देवदहमै स्थायी रुपमै वसाई सर्न लालयित वनुन, ससाना वालवालिकादेkh बृद्ध आमाबुबाका मुखारबिन्द बाट साहित्यका शब्दगुच्छाहरु सुन्नपाईयास्  ।

    २४. बच्चाले खाने लिटो देखि पाउरोटी र गहँको पिठोसम्म भारतमा निर्भर हुनुपर्ने प्रथा अन्त्य भई समग्र देवदहलाई आगामी बिस बर्षका लागि चाहिने खाद्यान्न, कृषि, बन, जल, फलफुल,माछामासु तरकारी, आदि देवदह नगर भित्रनै उत्पादन गरी आफ्नो गाँउ आफै बनाउँ भन्ने निती पुर्ण रुपमा लागु भई सबैलाई आत्मनिर्भरताको पाठ सिकाउँन सकोस् ।


    २५. स्वास्थ जीवनका लागि खेलकुद र मनोरन्जन नारालाई सार्थक तुल्याउँदै सुविधा सम्पन्न, सुरक्षित देवदह क्रिकेट मैदान,देवदह फुटवल मैदान, भलिवल मैदानमा सयौ युवा तथा वालवालिकाहरुले आफ्नो खेलको कलाकौशल प्रदर्शन गरी राष्ट्रिय स्तरमा छनौट भई अन्तराष्टियस्तरका खेलमा प्रतिस्पर्धी बनुन ।

    २६. हरेक गाउँशहरका चोक, सार्वजनिक स्थल र अत्यावश्यक स्थल स्वास्थ्य चौकि, प्रहरी चौकिमा सोलार प्लान्टबाट चौबिसै घन्टा लाईटिङ्ग मार्फत उज्यालो शहर देवदहको रहर पुरा होस्  ।

    २७. नगरभित्र रहेका थारु, गुरुङ्ग, मगर लगायतका जनजातिहरुका साँस्कृतिक कला, धर्म,भेषभुषा,भाषाशैलीको झल्को दिने हिलेटोल उदयनगरमा गुरुङ्ग संङ्ग्रालय, शित्तलनगर र देवदह ३ सेमरानाको मगर  संङ्ग्रालय र केरवानी र शिसपुरको थारु संङ्ग्रालयबाट जातिय एकता, सामाजिक सद्भावको सन्देश फैलियोस ।

    २८. जव हुनेछ एक घर एक फलफुल, तव हुनेछ जीवन स्वस्च्छ र सुख  भन्ने नारा हरेक देवदहवासीको  मनमा खुसीयाली घरघरमा हरियाली सानै भएपनि बगैंचा बनाई, जसले देवदहको फरक चिनारी दिनुपर्छ । हरेक देवदहवासीको घर घरमा डस्बिन राखी क्लिन सिटी, ग्रिन सिटीको नमुना बनाउँनुपर्छ ।

    २९. देवदह नगरपालिका मार्फत यस क्षेत्रका सामुदायिक वनहरुसँग समन्वयन गरी आफ्नै दमकल मार्फत  नगरभित्र हरेक स्थानमा आगलागीको घटनाको दश मिनेटभित्रै पुग्ने सुविधा उपलव्धहोस । नगरको आफ्नै एम्बुलेन्स होस जुन घटना भएको दश मिनेट भित्रै हरेक वडाको स्वास्थ्य केन्द्रमा वा देवदह सामुदायिक हस्पिटलमा उपचारको लागि पुगोस् ।

    ३०. देवदहवासीले देवदह प्राकृतिक चिकित्सालय तथा आर्युबेदिक केन्द्र मार्फत स्वस्च्छ जीवन समृद्धको यात्रा अगाडि बढाउन पाउँन् ।

    ३१. लागु औषध र धुम्रपान गरी जीवन बर्बाद नगरौ, बृद्ध भत्ताको सहि सदुपयोग गरौ भन्दै देवदहवासी आमाबुबाले अन्य गाउँमा गएर जनचेतना जगाउँन । हरेक टोलटोलमा आमा समुह, युवा समुह, तथा टोल सुधार समिती मार्फत नशा तथा लागु औषधको प्रयोग र कारोवार पुणर्तया बन्द हुने वातावरण बनोस् ।

    ३२. बृद्ध राजनितिज्ञले राजनितिबाट सन्यास लिई उर्जाशिल युवाहरुलाई नैतिकता, आर्दश, निष्ठाको समाजसेवा र राजनितिको पाठ पढाउँन ।

    ३३. विश्वका उत्कृष्ट मुुलुृकहरुले सहकारी अभियान, यसको सफल कार्यन्वयन्, सहकारी गतिबिधिको अवलोकनका लागि राष्ट्रकै उत्कृष्ट सहकारीको संगम भनेर चिनिने देवदहको भ्रमण गरी अनुभव हासिल गरुन् ।

    ३४. हरेक तहका कर्मचारीहरु जनताको कामको सवालमा सेवक बनुन, नितिनियमको पुणर् पालना गरी सुशासन सहित भ्रष्टचार रहित देवदहको राष्टिय पहिचय बनोस् ।

    यो सारा देवदहवासीको सपना हो । हामी सबैको जपना हो, यर्थाथताको परिकल्पना पनि हो । भविष्यको देवदहको विपना पनि हो । अव देवदहलाई सुरक्षित, सुन्दर र समुन्नत् समृद्ध देवदहका लागि सामुहिक अठोट एब प्रतिबद्धताको खाँचो छ ।        

    ✍️ गणेश डुम्रे, देवदह                                                              

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।