जुम्ला । जुम्लामा वडाध्यक्षका उम्मेदवारले कार्यकर्तामाथि कुटपिट गरेका छन् । नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका ८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले आफूलाई भोट नदिएको भन्दै कार्यकर्तामाथि कुटपिट गरेका हुन् ।
कुटाइबाट कुमारविक्रम शाही र कमल बोहोरामाथि घाइते भएका छन् । रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।
कुटाइबाट घाइते भएका शाहीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।
रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।
उजुरीमा उनीमाथि आवश्यक कारबाहीको माग गरिएको छ।पीडित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बोलाएर कुटपिट गरेको बताए।
पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कुटपिट गरेको प्रहरीमा दिएको उजुरी उल्लेख छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology