Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध जयन्तीमा बुटवल  लेडि जेसिजकाे सन्देश अप्पाे दिपाे भव:

बुद्ध जयन्तीमा बुटवल  लेडि जेसिजकाे सन्देश अप्पाे दिपाे भव:

images
  • सेतोमसी सहकर्मी
  • बुद्ध जयन्तीमा बुटवल  लेडि जेसिजकाे सन्देश अप्पाे दिपाे भव:
    images
    images

    कृष्ण अन्जान, बुटवल । २५ सय ६६औं  बुद्ध जयन्तिकाे अवसरमा बुटवल लेडी जेसिजले पवित्र बुद्धवाणी ज्ञान प्रवचन, ध्यान तथा दीप प्रज्ज्वलन कार्यक्रम आयाेजना गर्याे । बुटवल -३ सिद्धबाबा धाममा रहेकाे   बुद्ध स्तूपमा बिभिन्न सजावटका साथ स्तुपाकाे  प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम आयाेजना गरिएकाे हाे ।

    images
    images
    images

      
    दिप प्रज्वलन कार्यक्रमकाे उदघाटन  युवा प्रवचक योगगुरु गम्भीर श्रेष्ठले गरेका थिए । कार्यक्रममा याेग गुरु श्रेष्ठले  योग, ध्यान र बुद्धका मन्त्र तथा वाणी प्रवचन गरेका थिए ।
       
    शान्तिका अग्रदुत गौतम बुद्धकाे शान्तिभुमी  लुम्बिनी क्षेत्रभित्रै कृयाशिल सामाजिक संस्था  बुटवल लेडी जेसीजले  सिद्धबाबा धाम दर्शन गर्न आउने भक्तजनको समेत ध्यान जान नसकेको बुद्ध स्तूपमा सबैको ध्यानाकर्षणका गराउँदै  आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उदेश्यले बुद्ध जयन्तीकाे अवसर पारेर  याे ठाउँमा  कार्यक्रमकाे आयाेजना गरेकाे  बुटवल लेडि जेसिज २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठले बताईन् ।

    images
    images
    images

        
    आगामि दिनमा मुख्य मन्दिर मात्र नभई बुद्ध धर्मावलम्बीहरुको पनि आस्थाको केन्द्र बन्न र बनाउन सकिने,  स्तूपलाई अझ रंग रोगन र सजावट गरि आकर्षक बनाउन पहल गरिने अध्यक्ष जेसी  श्रेष्ठकाे भनाई छ ।

    images
    images
    images

         
    कार्यक्रममा नेपाल जेसीजका राधिका पोखरेल, सिद्धबाबा धामका पुजारी पूजारी यमलाल उपाध्याय, सिद्धबाबा धाम बिकास सञ्चालक समितीका पदाधिकारीहरु,सामाजिक व्यक्तित्व, अभिभावक एवं सदस्यहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।