Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप लिग- २

नेपाल नामिबियासँग ८ विकेटले पराजित

नेपाल नामिबियासँग ८ विकेटले पराजित

images
  • नेपाल नामिबियासँग ८ विकेटले पराजित
    images
    images

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले खराब शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो ।

    images
    images
    images

    नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको नामिबियाले ३७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४६.५ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३१, दिपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८ र आसिफ सेखले १६ रन बनाएका थिए । त्यसैगरी नामिबियाका बलर जेजे स्मितले ६ विकेट लिएका थिए भने ज्याक ब्रासेल र बेर्नार्ड स्कोल्जले २-२ विकेट लिए ।

    images
    images
    images

    यो जितपछि लिग-२ मा नामिबियाको २९ खेलमा २४ अंक भएको छ भने नेपालको पनि २९ खेलमा २४ अंक नै रहेको छ । अब सिरिजको अर्को खेल विहिबार नेपाल र नेदरल्याण्डसबीच हुने तालिका छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नामिबिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।