Logo

२०८३, श्रावण ३१गते


images
images

अझै उठेन काठमाडौंको फोहोर, स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञको चेतावनी

अझै उठेन काठमाडौंको फोहोर, स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञको चेतावनी

images
  • अझै उठेन काठमाडौंको फोहोर, स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञको चेतावनी
    images
    images

    काठमाडौँ  । काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । यसले गर्दा स्वास्थ्यमा समेत गम्भीर असर पर्ने चेतावनी विज्ञहरुले दिएका छन् । दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिएको छ ।  

    images
    images
    images

    वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले  फोहोरको डंगुरबाट ढल, पानीको पाइप, मलमुत्र हुँदै मानिसको भान्छासम्म किटाणु पुगेको अवस्थामा हैजा फैलनसक्ने भएकोले काठमाडौंमा रहेको फोहोरलाई सरकारले गम्भीर ढंगले व्यवस्थापनमा लाग्नुपर्ने बताए । 

    images
    images
    images

    उनले फोहोरमा भएको किटाणु मानिसमा सरेपछि मानिसबाट अन्य मानिसमा सर्न समय नलाग्ने भन्दै सरुवा रोगको प्रकोपको अवस्था नआउनलाई सतर्कता अपनाउनुपर्नेमा जोड दिए । भाइरस या किटाणु बिभिन्न माध्यमबाट मानिसको शरिरमा प्रवेश गरेमा सरुवा  रोग लाग्ने भन्दै उनले फोहोरमा भएका जिवाणुले सरुवा रोगलाई बढवा दिने बताए । 

    images
    images
    images

    दुषित खाना या पानीबाट मानिसमा सरुवा रोग लाग्ने भन्दै उनले हेपाटाइटिस  ए र इ भाइरस जुन दुषित खाना र पानीमा बस्ने र ती जिवाणु शरिरमा प्रवेश गरेमा पनि हेपाटाइटिस सार्ने सम्भावना रहने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।