Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

images
  • स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
    images
    images

    सुनसरी । सुनसरीको गढी गाउँपालिका-४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।

    images
    images
    images

    छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडी, सुनसरीको बसले बाटोको छेउमा बसिरहेकी गढी गाउँपालिका-४ मेहता टोल बस्ने ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा उपचारका क्रममा निजको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    दुर्घटनापछि बस र चालक बर्जु गाउँपालिका-६ बस्ने २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुल बस
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।