Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको आरोपमा आठ जनाविरुद्ध मुद्दा

मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको आरोपमा आठ जनाविरुद्ध मुद्दा

images
  • मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको आरोपमा आठ जनाविरुद्ध मुद्दा
    images
    images

    काठमाडौँ । धरान उपमहानगरपालिका-१४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी तथा दर्ता गरी बिक्री गरेको आरोपमा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साविक भादगाउँ सिनवारी गाविस–४क का कित्ता नम्बर १ र ४ को जग्गा झुट्टा सर्जमिन मुचुल्का र नाता प्रमाणित कागजात तयार गरी मन्दिरका तत्कालीन पुजारी टिर्रु चौधरीको नाममा नामसारी गरिएको थियो। उक्त जग्गाको हालको न्यूनतम मूल्याङ्कन ३६ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ ।

    images
    images
    images

    अनुसन्धानबाट साविक सिंगिया गाविस, धरान नगरपालिका वडा नम्बर १४ र मालपोत कार्यालय सुनसरीका कर्मचारीसहितको मिलेमतोमा प्रक्रिया अघि बढाइएको खुलेको आयोगको दाबी छ । मालपोत कार्यालयले २०६५ जेठ २१ गते जग्गा चौधरीको नाममा नामसारी गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    आयोगले तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, साविक सिंगिया गाविसका तत्कालीन अध्यक्ष तथा सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन अधिकृत सुशील वैध, शाखा अधिकृत तुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आले र मन्दिरका तत्कालीन पुजारी टिर्रु चौधरीसहित सम्बन्धित व्यक्तिविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    आयोगले सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी बिक्रीसमेत गरेर सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याइएको भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार सजायको माग गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्दा
  • # मन्दिर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।