Logo

२०८३, आश्विन ९गते


images
images

देवदह आदर्श क्याम्पसमा लगाईएको ताला खोलियो, आन्दोलनको स्वरुप बदलिएको विद्यार्थीको भनाइ

देवदह आदर्श क्याम्पसमा लगाईएको ताला खोलियो, आन्दोलनको स्वरुप बदलिएको विद्यार्थीको भनाइ

images
  • देवदह आदर्श क्याम्पसमा लगाईएको ताला खोलियो, आन्दोलनको स्वरुप बदलिएको विद्यार्थीको भनाइ
    images
    images

    देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसमा लगाईएको ताला खोलिएको छ । शुक्रवार क्याम्पस संचालन समितिका उपलब्ध सदस्य, निमित्त क्याम्पस प्रमुख र विद्यार्थी संगठनका प्रतिनिधि विच बसेको बैठकले क्याम्पसको परिक्षा रजिस्ट्रेसन, योजना तर्जुमा, शिक्षक तालिम लगायतका गम्भीर प्रकृतिका काममा बाधा पुगेको ठहर गर्दै विद्यार्थीले आन्दोलनको स्वरुप परिवर्तन गर्ने र प्रशासनले विद्यार्थीका माग पूरा गर्न अधिकतम पहल गर्ने सहमति बमोजिम ताला खोलिएको हो ।

    images
    images
    images

    शुल्क वृद्धि फिर्ता हुनुपर्ने, शौचालय, पुस्तकालय, हेल्थ डेस्क र खेलमैदान लगायतका भौतिक पुर्वाधारको स्तरिय व्यवस्थापनको माग गर्दै जेठ २३ गते ध्यानाकर्षण पत्र बुझाएको अखिल क्रान्तिकारीले जेठ २६ देखि नेपाल विद्यार्थी संघ समेतको सहभागीतामा क्याम्पसको लेखा र प्रशासनमा तालाबन्दी गरेको थियो ।

    images
    images
    images

    शुक्रबार भएको सहमति अनुसार हेल्थ डेस्क, पुस्तकालय, शौचालय लगायतका पुर्वाधारका विषय तत्काल व्यवस्थापन गरेर जाने तथा शुल्क वृद्धिको विषय असार २१ गते बस्ने क्याम्पस संचालक समितिको बैठकमा पेश गरेर निर्णय गरिने छ ।

    images
    images
    images

    बैठकमा निमित्त क्याम्पस प्रमुख जयकिसन अधिकारी, क्याम्पस संचालन समिति उपाध्यक्ष वासुदेव रिमाल, संचालक समिति सदस्य मोतिलाल ढकाल, अखिल क्रान्तिकारीका नगर अध्यक्ष शिव काफ्ले, नेविसंघका देवी ढकाल, विद्यार्थीहरू वासुदेव नेपाली, अमित भारती, मुना भट्टराई, सिर्जना पौडेल, सुस्मिता न्यौपाने, रवि पौडेल, लक्ष्मण केसी लगायतको उपस्थिती रहेको थियो ।


    हेर्नुहोस् बैठकको सहमति पत्र : IMG-20220617-WA0023.jpgIMG-20220617-WA0019.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।