काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको सहयोगका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले स्वेच्छिक रूपमा तलब कट्टा गरी ६१ लाख ६२ हजार ५०८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।
बाढीपीडितको सहयोगका लागि आयोगका पदाधिकारीको १५ दिन, सचिवको १० दिन, सहसचिव तथा सो सरहका कर्मचारीको १० दिन, उपसचिव तथा शाखा अधिकृतको ७ दिन, राजपत्र अनंकित कर्मचारीको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरिएको हो ।
कट्टा गरिएको ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology