Logo

२०८३, श्रावण ३०गते


images
images

भवन निर्माण आयोजना धनकुटाका तीन कर्मचारी ८५ हजार घुससहित पक्राउ

भवन निर्माण आयोजना धनकुटाका तीन कर्मचारी ८५ हजार घुससहित पक्राउ

images
  • भवन निर्माण आयोजना धनकुटाका तीन कर्मचारी ८५ हजार घुससहित पक्राउ
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा तीन जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित विद्यालय भवन निर्माणको अन्तिम भुक्तानी प्रक्रिया अघि बढाउन सेवाग्राही लिएको घुस रकमसहित पक्राउ गरेको छ ।

    images
    images
    images

    उजुरीका आधारमा गरिएको कारबाहीमा सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा तिनै जना पक्राउ परेको अख्तियारले जानकारी दिएको छ । 

    images
    images
    images

    आयोगको टंगालबाट खटिएको टोलीले सुमन राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो भने इटहरी कार्यालयबाट खटिएको टोलीले अन्य दुई जनालाई धनकुटा र भोजपुरबाट पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र सम्बन्धित कागजातसमेत बरामद गरिएको छ । आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अख्तियार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।