Logo

२०८३, श्रावण ३०गते


images
images

मेलम्चीमा भ्रष्टाचार

मेलम्चीमा भ्रष्टाचार : विशेष अदालतको फैसला बदरको माग गर्दै सर्वोच्च पुग्यो अख्तियार

मेलम्चीमा भ्रष्टाचार : विशेष अदालतको फैसला बदरको माग गर्दै सर्वोच्च पुग्यो अख्तियार

images
  • मेलम्चीमा भ्रष्टाचार : विशेष अदालतको फैसला बदरको माग गर्दै सर्वोच्च पुग्यो अख्तियार
    images
    images

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालबाट भएको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    images
    images
    images

    मेलम्ची आयोजना प्रकरणमा तीन पूर्वसचिव डा. सञ्जय शर्मा, गजेन्द्रकुमार ठाकुर र भीम उपाध्याय तथा तीन ठेकेदार कम्पनीसहित १८ जनाविरुद्ध भएको मुद्दामा विशेष अदालतले गरेको फैसला बदर एवं मागदाबी अनुसार सजाय हुनुपर्ने जिकिरसहित अख्तियारले आइतबार सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    दुई वर्षअघि अख्तियारले तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित १५ व्यक्ति र कम्पनीविरुद्ध पौने ७ अर्ब बिगो मागदाबी गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दाको किनारा लगाउँदै गत वर्ष विशेष अदालतले पूर्व सचिव ठाकुरसहित ३ कर्मचारी, एक ठेकेदार र तीन ठेकेदार कम्पनीलाई दोषी ठहर गर्दै बाँकीलाई सफाइ दिएको थियो ।

    images
    images
    images

    विशेषको उक्त फैसला अनुसन्धाबाट खुलेका तथ्य प्रमाण तथा सर्वोच्च अदालतबाट स्थापित नजिर विपरीत भन्दै अख्तियारले मागदाबी अनुसार नै प्रतिवादीविरुद्ध बिगो कायम गरी कैद र जरिवाना हुनुपर्ने पुनरावेदन निवेदनमा माग गरेको छ ।

    विशेष अदालतले पूर्वसचिव ठाकुर तथा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई जनही १० करोड १० लाख ६१ हजार ७५ बिगो र ८ वर्ष एक महिना कैद सजाय गरेको थियो । त्यस्तै परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई ८ वर्ष कैद र २ करोड ९५ लाख ६५ हजार ६०३ बिगो कायम गरेको थियो ।

    त्यसैगरी परामर्शदाता कम्पनी इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५९६ बिगो कायम गरिएको थियो । त्यस्तै अर्को ठेकेदार इटालियन निर्माण कम्पनी सीएमसीलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गरी २६ करोड ११ लाख ६ हजार ९९१ बिगो कायम गरेको आदेश दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।