Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

प्रतिकुल बकपत्र गर्नेविरुद्ध अख्तियारबाट विशेष अदालतमा मुद्धा दायर

प्रतिकुल बकपत्र गर्नेविरुद्ध अख्तियारबाट विशेष अदालतमा मुद्धा दायर

images
  • प्रतिकुल बकपत्र गर्नेविरुद्ध अख्तियारबाट विशेष अदालतमा मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकुल बकपत्र गरेका सुर्खेतका टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८२-सीआर-००२७ मा नेपाल सरकारका तर्फबाट दायर गरिएको वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेको मुद्धामा घर्तिले बयान बदलेर कार्कीलाई सहयोग गरेको अख्तियारको आरोप रहेको छ । 

    images
    images
    images

    आयोगका अनुसार घर्तीलाई अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायबाट पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो । तर उनले विशेष अदालत, काठमाडौँमा गत माघ २२ गते दिएको बयान पहिलेको प्रमाण र विवरणसँग मेल नखाने गरि दिएका थिए ।

    images
    images
    images

    अनुसन्धानबाट देउतीबज्यै निर्माणका सञ्चालक समेत रहेका घर्तीले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी सहज बनाउनका लागि टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको ठहर गर्दै घर्तीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।