Logo

२०८३, आश्विन ११गते


images
images

नियमित विद्युत आपूर्ति लागि ट्रान्सर्फमर मर्मत गर्न नगरपालिकाले प्राधिकरणलाई २ लाख दिने

नियमित विद्युत आपूर्ति लागि ट्रान्सर्फमर मर्मत गर्न नगरपालिकाले प्राधिकरणलाई २ लाख दिने

images
  • नियमित विद्युत आपूर्ति लागि ट्रान्सर्फमर मर्मत गर्न नगरपालिकाले प्राधिकरणलाई २ लाख दिने
    images
    images

    देवदह । देवदहमा देखिएको अनियमित विद्युत कटौतीको समस्या समाधानका लागि नगरपालिकाले पहल लिएको छ । शुक्रबार देवदह नगरपालिका र बिद्युत प्राधिकरण बुटवलबिच विद्युत समस्या सम्बन्धी छलफल भएको हो । received_543768637437376.jpeg

    images
    images
    images

    नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख  बिद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत  डिल्लीराम बेल्बासे र वडाधक्षहरूले  नेपाल विद्युत प्राधिकरण बुटवल कार्यालय प्रमुख  सुरेश कुमार महतो,   बुटवल वितरण केन्द्र सूचना अधिकृत राजेन्द्र क्षेत्री र शित्तलनगर सब स्टेशन प्रमुख शशिराम भण्डारी लगायतको  उपस्थितिमा विद्युत नियमित गर्ने सन्दर्भमा छलफल भएको देवदह नगर प्रवक्ता गणेश डुम्रेले बताए । 

    images
    images
    images

    छलफलले देवदह नगर क्षेत्र भित्रको विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न लाइन सुधार गर्ने प्रयोजनार्थ देवदहका सबै वडाहरुमा नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रले सम्बन्धित वडा अध्यक्ष /वडा सदस्यको उपस्थितिमा सर्भे गर्ने र पुराना ट्रान्सफर्मरहरु मर्मत गरी जडान गर्नको लागि देवदह नगरपालिकाले प्राधिकरण बुटवल वितरण केन्द्रलाई २ लाख रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता डुम्रेको भनाइ छ ।

    images
    images
    images

    वडा नं. ५ र ६ को विद्युत सर्भे सकिएको र बाँकी वडाको पनि सर्भे गरि समस्या समाधान गर्ने प्राधिकरणका बुटवल  प्रमुख सुरेश कुमार महतोले प्रतिबद्धता ब्यक्त गरेको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।