Logo

२०८३, श्रावण ३०गते


images
images

३० औं पटकमा एसईई उत्तीर्ण

३० औं पटकमा एसईई उत्तीर्ण

images
  • ३० औं पटकमा एसईई उत्तीर्ण
    images
    images

    कैलाली । कैलालीका ५३ वर्षीय भागिराम चौधरी ३० औं पटकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका छन् । २९ पटकसम्म परीक्षामा असफल चौधरी यो वर्ष २ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् ।  

    images
    images
    images

    कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट उनले एसईई उत्तीर्ण गर्नुभएको विद्यालयका शिक्षक यामु शर्माले बताए । 

    images
    images
    images

    उनी २०५२ सालबाट चौधरी सोही विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । 

    images
    images
    images

    चौधरीले कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताएका छन् । ‘यसवर्ष एसईई पास भएपछि धेरै खुशी भएको छु’, उनले भने,‘अब कक्षा ११ र १२ पढ्छु।’ 

    कैलारी गाउँपालिका–६ बनकट्टा गाउँका चौधरीले २०४८ सालमा पहिलो पटक एसएलसी दिएका थिए । 

    दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलो पटक एसएलसी परीक्षा दिएका उनलाई सफलता हात लागेन। त्यसपछि हरेक वर्ष एसएलसी परीक्षा दिँदा उहनी असफल भइरहे ।
     
    कोरोना महामारीको क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो। ‘त्यो बेला चौधरीले चाहेको भए एसईई पास गर्ने राम्रो अवसर थियो’, शिक्षक शर्मा भन्नुहुन्छ, ‘तर, उहाँले म लेखेर पास गर्छु भनेर फाराम भर्नुभएन। अहिले राम्रो नतिजा ल्याउनुभएको छ।’ 

    चौधरीका तीन सन्तानले भने उच्च शिक्षा हासिल गरिसकेका छन्।
     पत्रपत्रिकाबाट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।